वैशाख १७ २०८३, बिहीबार

राजनीति

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, आज अपराह्न ४ बजे बस्ने

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज (सोमबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन्। एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । यसअघि सरकार गठनसँगै बसेको मन्त्रिपरिषद् बैठकले सय दिनका सय काम [...]

चैत १६ गते, २०८२ ०९:२२ मा प्रकाशित

लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ- लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो। एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ [...]

चैत १६ गते, २०८२ ०९:११ मा प्रकाशित

कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वउर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महाराजगन्जबाट उनलाई पक्राउ गरेको हो। गृह मन्त्रालय स्रोतका अनुसार खड्का घरबाटै पक्राउ परेका हुन्। जेनजी आन्दोलनका क्रममा खड्काको घरमा भेटिएको रकमको सम्बन्धमा अनुसन्धान गर्न [...]

चैत १५ गते, २०८२ ११:१९ मा प्रकाशित

ओली पक्राउको विरोधमा उत्रिएका एमालेका ७ प्रदर्शनकारी पक्राउ

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको [...]

चैत १४ गते, २०८२ १८:२३ मा प्रकाशित

एमाले नेता कर्ण मल्ल पक्राउ

काठमाडौँ- नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन्। संविधानसभा सदस्यसमेत रहेका मल्ललाई प्रहरीले शनिबार ललितपुरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले मल्ललाई ललितपुर महानगरपालिका वडा नम्बर १४ बाट पक्राउ गरिएको जानकारी दिए। उनलाई बलात्कारसम्बन्धी मुद्दामा [...]

चैत १४ गते, २०८२ १७:५० मा प्रकाशित

ओली र लेखकलाई भोलि अदालत पेस गरिने

काठमाडौँ- एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ। शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै आइतबार अदालतमा पेस गर्नेछ। प्रहरीको [...]

चैत १४ गते, २०८२ १०:३९ मा प्रकाशित

पक्राउ परेका ओली त्रिवि अस्पतालको २७ नम्बर बेडमा

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गर्न प्रहरीले उनलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । अस्पतालको आकस्मिक कक्षमा अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले बताए। उनलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड [...]

चैत १४ गते, २०८२ १०:२७ मा प्रकाशित

बालेन सरकारको पहिलो बैठक : कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय

काठमाडौँ- नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । साथै बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा [...]

चैत १३ गते, २०८२ १९:३५ मा प्रकाशित

कृषिमन्त्रीले गरिन् पदभार

काठमाडौँ- नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार गरेकी छन्। सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालायमा आज उनले पदबहाली गरेकी हुन्। मन्त्रालयका सचिवद्वय डा दीपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्रले उनलाई स्वागत गरे। उनीहरूले मन्त्रालयका [...]

चैत १३ गते, २०८२ १५:५३ मा प्रकाशित