दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सरकारको सिफारिस
काठमाडौँ- सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते अपरान्ह २ बजे सिंहदरबारमा बस्नेगरि संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
त्यस्तै बैठकले संविधान संशोधन वहस पत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने निर्णय समेत गरेको उनले बताए।




प्रतिक्रिया दिनुहोस्