काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वउर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महाराजगन्जबाट उनलाई पक्राउ गरेको हो।

गृह मन्त्रालय स्रोतका अनुसार खड्का घरबाटै पक्राउ परेका हुन्। जेनजी आन्दोलनका क्रममा खड्काको घरमा भेटिएको रकमको सम्बन्धमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।

गृहमन्त्री सुधन गुरुङले समेत फेसबुकमा लेखेका छन्, ‘पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ।’