वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

कोरोना भाइरस : विश्वभर ७८ नेपालीको मृत्यु, ५ हजार ५ सय ८१ संक्रमित

काठमाडौं । हालसम्म विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण ७८ जना गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य [...]

वैशाख २८ गते, २०७७ १४:५१ मा प्रकाशित

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११० पुग्यो

काठमाडौं । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको हो। यसअघि शनिबार बिहान भुल्केकै तीन महिलामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा [...]

वैशाख २७ गते, २०७७ २१:०५ मा प्रकाशित

पर्याप्त किट छ, अब परीक्षण तीब्र बनाउँछौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले कोरोना संक्रमणको परीक्षणका लागि ५० हजार किटको मौज्दात रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उक्त कुरा जानकारी दिइएको हो ।स्वास्थ्य मन्त्रालयसँग पर्याप्त किट रहेकाले अब परीक्षणको दायरा बढाउने मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले [...]

वैशाख २७ गते, २०७७ १७:०५ मा प्रकाशित

भारतमा अछामका ३ जनालाई कोरोना संक्रमण

काठमाडौं । भारतमा कार्यरत तीन जना नेपालीलाई कोरोना संक्रमण भएको छ । अछाम घर भइ हाल भारतमा रहेका एकै परिवारका ३ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्लाको साँफेबगर नगरपालिका–३ सिद्धेश्वर घर भइ रोजगारको सिलसिलामा भारतको पुनामा रहेका श्रीमान्, श्रीमती [...]

वैशाख २७ गते, २०७७ १६:४० मा प्रकाशित

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौँ। शुक्रबार नेपालगञ्जमा थप १ जना १६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार नियमित व्रिफिङका क्रममा यसबारे जानकारी दिएका हुन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १०२ पुगेको छ। यीमध्ये ३० [...]

वैशाख २६ गते, २०७७ १६:३९ मा प्रकाशित

कोशी अस्पतालमा रहेका थप ८ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौँ। उदयपुरका कोरोना संक्रमितको लगातार तीन पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि ८ जना आज निको भएर घर फर्किएका छन् । विराटनगरको कोरोना उपचार केन्द्रबाट शुक्रबार एकैपटक ८ जना डिस्चार्ज भएको कोशी अस्पतालले जनाएको छ । उदयपुरको भुल्केमा कोरोना संक्रमण [...]

वैशाख २६ गते, २०७७ १३:१५ मा प्रकाशित

किट अभावका कारण सुदूरपश्चिममा आज पनि कोरोना परीक्षण ठप्प

धनगढी । कोरोना परीक्षणका लागि किटको अभाव भएपछि सुदूरपश्चिममा कोरोना परीक्षण आज पनि हुन सकेको छैन् । धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिन मार्फत हुने कोरोना परीक्षण किट अभावका कारण आज पनि परीक्षण हुन नसकेको हो । बुधवार [...]

वैशाख २६ गते, २०७७ १२:४६ मा प्रकाशित

सांंसदसहित संघीय संसद सचिवालयका सबैको रिपोट नेगेटिभ

काठमाडौँ । बजेट अधिवेशन सुरू हुनुअघि हिजो थ्रोट स्वाब संकलन गरिएका सांंसदसहित संघीय संसद सचिवालयका सबैको रिपोट नेगेटिभ आएको छ ।हिजो गरिएको परिक्षणमा ४ सय ४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । संसद बैठक अघि कोरोना भाइरस भएनभएकोबारे [...]

वैशाख २६ गते, २०७७ ११:५५ मा प्रकाशित

कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा

जीतपुर । कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ । उनीहरुलाई तौलिहवाबाट एम्बुलेन्समा विशेष अस्पताल पठाइएको हो । गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा बिहीबार दुई जनाको [...]

वैशाख २६ गते, २०७७ ११:४४ मा प्रकाशित