सबै सरकारी आज ओपीडी सेवा सञ्चालन हुने
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (शुक्रबार) देशभरका सबै सरकारी अस्पतालमा बहिरङ (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्