वैशाख १७ २०८३, बिहीबार

राजनीति

सभामुख अर्याल र यूएनडीपीकी प्रतिनिधिबीच भेट, के भयो कुराकानी?

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले शिष्टाचार भेट गरेकी छन्। आज (सोमबार) सिंहदरबारमा भएको भेटमा सभामुखले ‘डिजिटलाइजेसन’ तथा ‘ई–पार्लियामेन्ट’ निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसद्लाई ‘पेपरलेस’ प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी [...]

चैत ३० गते, २०८२ २०:१७ मा प्रकाशित

मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग

काठमाडौँ- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्। सोमबार अखिल क्रान्तिकारीले मन्त्रीहरुले सार्वजनिक गरेको सम्पतिको बैध स्रोत सावजनिक गर्नुपर्ने भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘आयस्रोत खुलाऊ, सुनखानी [...]

चैत ३० गते, २०८२ १९:५६ मा प्रकाशित

बालेन सरकारको सम्पत्ति सार्वजनिक, कुन मन्त्रीको कति?

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो वाचापत्रमा पनि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने विषय समेटेको थियो। सोहीअनुसार सम्पत्ति विवरण सार्वजनिक गरिएको हो। सम्पत्ति विवरण हेर्न [...]

चैत २९ गते, २०८२ १९:५५ मा प्रकाशित

कहिले छान्छ कांग्रेसले संसदीय दलको नेता?

काठमाडौँ- नेपाली कांग्रेसले वैशाख पहिलो साता संसदीय दलको नेता चयन गर्न निर्वाचन गर्ने भएको छ। संसदको पहिलो अधिवेशन अन्त्य भइसकेपछि प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले दलको नेता चयन गर्न लागेको हो। वैशाखको पहिलो साता दलको नेता चयन हुने बताइएको छ। [...]

चैत २९ गते, २०८२ १८:३२ मा प्रकाशित

परराष्ट्रमन्त्री खनालले गरे हिन्द महासागर सम्मेलनमा सम्बोधन

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताएका छन्। मौरिससको पोर्ट लुइसमा आजदेखि सुरु भएको नवौँ हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै उनले मध्यपूर्वमा भइरहेका द्वन्द्वबाट [...]

चैत २८ गते, २०८२ १८:५२ मा प्रकाशित

वैशाख ४ मा विषयगत समिति सभापतिहरूको निर्वाचन

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गत विषयगत समिति सभापतिहरूको निर्वाचन वैशाख ४ गते हुने भएको छ। आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले निर्वाचनको मिति घोषणा गरेका हुन्। साथै यसअघि १० वटै विषयगत समितिका प्रस्तावित सदस्यहरूको नाम पनि अनुमोदन गरिएको थियो।

चैत २७ गते, २०८२ १९:५१ मा प्रकाशित

जेनजी रुवी कुमारी अब उपसभामुख

काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी निर्वाचित भएकी छन्। ठाकुरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो। उनलाई उपसभामुख बनाइयोस् भन्ने प्रस्तावको पक्षमा २२९ मत परेको थियो। हुन्न भन्ने पक्षमा ५ र दिन्नँ भन्ने पक्षमा २२ [...]

चैत २७ गते, २०८२ १९:३८ मा प्रकाशित

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज (शुक्रबार) सम्बोधन गर्दैछन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३ बजे संघीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न [...]

चैत २७ गते, २०८२ ०८:४२ मा प्रकाशित

सभामुख अर्याल र स्वीस राजदूतबीच भेट, के भयो कुराकानी?

काठमाडौँ- सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ। भेटमा सभामुख अर्यालले राजदूत [...]

चैत २६ गते, २०८२ १९:५७ मा प्रकाशित