वैशाख २३ २०८३, बुधवार

राजनीति

मनाइयो सहिद दिवस, लैनचौर पुगेर श्रद्धाञ्जली दिए प्रधानमन्त्री देउवाले

आज विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदैछ।  प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौर पुगेर सहिदहरूलाई श्रद्धाञ्जली दिएका छन्। सहिद दिवसका अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति आज श्रद्धाञ्जली अर्पण गरेका हुन्। [...]

माघ १६ गते, २०७८ ११:५१ मा प्रकाशित

अध्यक्ष प्रचण्डद्वारा सहिदप्रति श्रद्धाञ्जलि

काठमाडौँ, १६ माघ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।     उहाँले एक सन्देश जारी गर्नुहुँदै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त [...]

माघ १६ गते, २०७८ ११:३४ मा प्रकाशित

फागुन ९ गते भैरहवामा ‘क्यालिबे्रशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

      सिद्धार्थनगर, १५ माघ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताउनुभएको छ ।        आज दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा फागुन ९ [...]

माघ १५ गते, २०७८ १८:३६ मा प्रकाशित

संरक्षणको नाममा बालबालिकालाई गैरकानुनी क्रियाकलापमा लगाइएको गुनासो

      काठमाडौँ, १४ माघ  गृह मन्त्रालयले बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाइदिने, पालनपोषण गरिदिनेलगायत संरक्षणको नाममा गैरकानुनी क्रियाकलापमा संलग्न गराइएको गुनासो प्राप्त भएको जनाएको छ ।         बाबुआमा तथा आफ्ना अभिभावकबाहेकले यसरी बालबालिकाका लैजाँदा तोकिएको कानुनी प्रक्रिया पूरा गर्नुपर्नेतर्फ मन्त्रालयले सचेत गराएको छ । [...]

माघ १४ गते, २०७८ १९:२५ मा प्रकाशित

संविधानसँग बाझिएको कानुनका आधारमा निर्वाचनमा जानु संविधान विरोधी हुनु हो

गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनु दुई महिना अगाडि निर्वाचन हुनेछ भन्ने स्थानीय तह निर्वाचन ऐनको प्रावधान संविधानसंग बाझिएकोले त्यो कार्यान्वयन हुनसक्दैन । यस्तो तथ्यसंगत विषयमा तथानाम आरोप लगाउदै संविधानले अमान्य ठहर गरेको काम गर्नपर्छ भन्नु नेपालको संविधानका विरुद्धमा हुन्छ [...]

माघ १४ गते, २०७८ १९:१८ मा प्रकाशित

स्थानीय तहको चुनावबारे सत्ता गठबन्धनको विकल्प संविधानसम्मत छैन : गगन थापा

१४ माघ, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनबारे सत्तारुढ गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताएका छन् । शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचनबारे स्थानीय तह निर्वाचन [...]

माघ १४ गते, २०७८ १९:१० मा प्रकाशित

राष्ट्रियसभाको बैठक माघ १७ गते

         काठमाडौँ, १३ पुसराष्ट्रियसभाको बैठक यही माघ १७ गते सोमबार अपहन्न १ बजे बस्ने भएको छ ।        सङ्घीय संसदका महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने उल्लेख छ ।        उक्त बैठक यही माघ २ गते आइतबारको [...]

माघ १३ गते, २०७८ १५:४९ मा प्रकाशित

     प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल  

कास्की, १३ माघ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ ।        राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेको प्रमाणपत्र वितरण [...]

माघ १३ गते, २०७८ १५:३९ मा प्रकाशित

जग्गा खोज्दै मधेस प्रदेश सरकार

        जनकपुर, १३ माघ जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ ।        राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न प्रदेश सरकारले विज्ञ टोली [...]

माघ १३ गते, २०७८ १४:५६ मा प्रकाशित