वैशाख २५ २०८३, शुक्रबार

समाचार

कांग्रेस १४औँ महाधिवेशन ः प्रधानमन्त्री देउवाद्वारा मतदान

    काठमाडौँ, २७ मङ्सिर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान गर्नुभएको छ । सभापतिका प्रत्यासी उहाँले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।          केहीबेरअघि सुरु भएको मतदानमा [...]

मंसिर २७ गते, २०७८ १४:१४ मा प्रकाशित

वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दो

      खोटाङ, २७ मङ्सिर यहाँ वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२ जनाले श्रम स्वीकृति लिएका छन् ।        सुरक्षित आप्रवासन परियोजना सामीका [...]

मंसिर २७ गते, २०७८ १२:३६ मा प्रकाशित

शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौं : अध्यक्ष प्रचण्ड

    काठमाडौँ, २७ मङ्सिरनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।        शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उहाँले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय [...]

मंसिर २७ गते, २०७८ १२:१९ मा प्रकाशित

सुत्केरी हुन नसकेकी महिला स्वास्थ्य केन्द्रमै छट्पटाउँदै

     बाजुरा २७ मङ्सिर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिला सुत्केरी हुन नसकेर छट्पटाइ रहनुभएको छ । बुढिनन्दा नगरपालिका वडा नं. ७ समालगाँउ बस्ने वर्ष २६ की शारदा कडारा अत्यधिक रक्तश्रावका कारण जिवनमरणको दोसाधमा हुनुहुन्छ ।        तीन दिन पहिला कोल्टी प्राथमिक [...]

मंसिर २७ गते, २०७८ १२:१२ मा प्रकाशित

पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

        कर्णाली, २७ मङ्सिर दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति [...]

मंसिर २७ गते, २०७८ ११:४० मा प्रकाशित

कांग्रेस १४औँ महाधिवेशन ः पदाधिकारी र सदस्यका लागि मतदान अझै सुरु भएन

       काठमाडौँ २७ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान अझै सुरु हुन सकेको छैन । मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन् ।         आज बिहान ८ बजेदेखि मतदान सुरु [...]

मंसिर २७ गते, २०७८ ११:३१ मा प्रकाशित

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित सोप्रतियोगितामा १५ क्लवका १८५ खेलाडीको सहभागिता छ । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा हुने प्रतिषेगिता आगामी पुस ५ सम्म सञ्चालन [...]

मंसिर २७ गते, २०७८ ११:२७ मा प्रकाशित

माओवादी केन्द्र गण्डकीका अध्यक्षमा गुरुङ

      कास्की, २७ मङ्सिरनेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उहाँका अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो । [...]

मंसिर २७ गते, २०७८ ११:२३ मा प्रकाशित

फक्ताङलुङ धार्मिक पर्यटकको गन्तव्यस्थल बन्दै

    फुङ्लिङ, २७ मङ्सिर कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खला धार्मिक पर्यटकको प्रमुख गन्तव्यस्थल बन्दै गएको छ । १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले यस हिमालका फेदीमा तपस्या गरेको पवित्रस्थल भएकाले अहिले आन्तरिक तथा बाह्य पर्यटकको धार्मिक आस्थाको स्थल बन्दै गएको हो ।         कञ्चनजङ्घा हिमालभन्दा [...]

मंसिर २७ गते, २०७८ ०९:०० मा प्रकाशित