वैशाख ६ २०८२, शनिबार

शिक्षा

बाँकेको नरैनापुरमा छात्रालाई निःशुल्क साइकल

           राँझा, १७ मङ्सिर बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ ।        नरैनापुरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ । तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि [...]

मंसिर १७ गते, २०७८ १५:३७ मा प्रकाशित

कक्षा १२ को परीक्षाफल सार्वजनिक

       भक्तपुर, १७ मङ्सिरराष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।         उहाँका अनुसार कक्षा १२ मा तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये [...]

मंसिर १७ गते, २०७८ १३:१३ मा प्रकाशित

पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै

         काठमाडौँ, १६ मङ्सिर    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ ।         मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क सङ्कलन सुरु गरेको हो । देशभित्रका पुस्तकालयको क्षमता विकास, [...]

मंसिर १६ गते, २०७८ १०:२२ मा प्रकाशित

काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

      धादिङ, १५ मङ्सिर बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन् ।         खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने [...]

मंसिर १५ गते, २०७८ १२:४४ मा प्रकाशित

‘१७ थरि शिक्षकका ३७ माग सम्बोधन हुने’

    गलकोट, १२ मङ्सिर  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको बताउनुभएको छ । प्रेस सेन्टर बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले सार्वजनिक शिक्षा सुधारका लागि ३१ बुँदे शिक्षा सुधार योजना अघि [...]

मंसिर १२ गते, २०७८ १३:२३ मा प्रकाशित

गाउँपालिकाको मौलिक पाठ्यपुस्तक ‘मेरो पाँचपोखरी’ तयार

       सिन्धुपाल्चोक, १० मङ्सिरकेन्द्रीकृत पाठ्यक्रमले मात्र स्थानीय खाँचो पूरा गर्न नसक्ने भएकाले पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । नागरिकलाई आफ्नै भूगोलको माया गरी सम्मानित जीवन जिउन स्थानीय परिवेश चिनाउने पाठ्यक्रम तयार पारिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी [...]

मंसिर १० गते, २०७८ १०:१३ मा प्रकाशित

पाँच विद्यालयलाई पाण्डा बुक कर्नर हस्तान्तरण

     काठमाडौँ, ९ मङ्सिरचीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई सन् २०२१ को ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गरेको छ ।         राजधानीमा बुधबार साँझ औपचारिक कार्यक्रम आयोजना गरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले छनोट गरिएका विद्यालयलाई ‘पाण्डा बुक कर्नर’ प्रदान गर्नुभयो । [...]

मंसिर ९ गते, २०७८ १०:५८ मा प्रकाशित

विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने अर्थमन्त्री शर्मा

काठमाडौं, ०८ मंसिर ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्नुहुँदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको हो । ‘अब हाम्रा विद्यालय कृषि फर्म, [...]

मंसिर ८ गते, २०७८ १७:४२ मा प्रकाशित

राष्ट्रपतिको चासोले विद्यालय परिवार उत्साहित

    महोत्तरी, ८ मङ्सिर मुलुककै जेठो मानिने महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय परिवार यतिखेर उत्साहित छन् । राष्ट्रपतिले विद्यालय परिसरमै पुगेर अवलोकन गर्दै शैक्षिक र भौतिक अवस्थाबारे चासो देखाउनु भएपछि यहाँका शिक्षक, विद्यार्थी र मटिहानीवासी उत्साहित भएका हुन् [...]

मंसिर ८ गते, २०७८ १२:५५ मा प्रकाशित