वैशाख १८ २०८३, शुक्रबार

राजनीति

प्रधानमन्त्री र सभामुखबीच संसद् बर्खे अधिवेशनका सम्बन्धमा छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी बजेट अधिवेशन सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार र अन्य व्यवस्थापनको तयारीबारे जानकारी लिएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन गई उनले सदनमा सरकार, सत्तापक्ष र प्रतिपक्ष सांसदका लागि सामाजिक दूरी [...]

वैशाख १७ गते, २०७७ १४:०६ मा प्रकाशित

नेकपाको विवादले जनतामा निराशा : पूर्वसभामुख महरा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले जनता निराश बन्न पुगेको बताएका छन् । आज एक विज्ञप्तिमार्फत दाङ निर्वाचन क्षेत्र नम्बर २ का सांसद महराले अहिलेको विषम परिस्थितिमा राष्‍ट्रिय एकता अपरिहार्य देखिएको उल्लेख गरेका छन्। ‘हालको अवस्थामा [...]

वैशाख १७ गते, २०७७ १२:५३ मा प्रकाशित

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । पार्टीभित्रको आन्तरिक विवाद टुग्याएर मिलेर जाने प्रस्ताव राख्‍नका लागि ओलीले दाहाललाई बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्ष बीच भेटवार्ता जारी रहेको [...]

वैशाख १६ गते, २०७७ १३:५६ मा प्रकाशित

अध्यक्ष डा. लोहनीले गरेको सहमतिको कमल थापाले गरे विरोध

काठमाडौं । सरकारविरुद्ध संघर्ष गर्ने विपक्षी दलहरुको निर्णयप्रति राप्रपामा विवाद भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले सरकारविरुद्ध संयुक्त संघर्ष वा मोर्चाबन्दी गर्ने कुनै निर्णय नगरेको बताएका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र [...]

वैशाख १५ गते, २०७७ २१:२३ मा प्रकाशित

मन्त्रिपरिषद बैठकको निर्णयानुसार जारी भएका अध्यादेशहरु खारेज

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयानुसार जारी भएका अध्यादेशहरु खारेज भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको पत्र पठाएसँगै दुवै अध्यादेश राष्ट्रपतिले खारेज गरेकी हुन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकले पारित गरेको दुवै अध्यादेश [...]

वैशाख १२ गते, २०७७ १६:४६ मा प्रकाशित

निरन्तर सतर्कताका लागि काँग्रेसको अपिल

काठमाडौँ । नेपाली काँग्रेसले सरकार चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत अध्यादेशको विविध रुपमा स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा, विद्यार्थी, पार्टीका नेताकार्यकर्ता, अन्य दल तथा सञ्चारमाध्यमलाई बधाई [...]

वैशाख १२ गते, २०७७ १६:२५ मा प्रकाशित

अध्यादेश फिर्तलिने सरकारको निर्णय स्वागतयोग्य : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशहरू फिर्ता लिने सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन्। अध्यक्ष थापाले शुक्रवार ट्विट गर्दै उक्त कुरा बताएका हुन् । उनले भनेका छन् ‘जनभावनाको [...]

वैशाख १२ गते, २०७७ १२:५८ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकको निर्णय : विवादित दुवै अध्यादेश खारेज गर्ने

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएको छ । चौतर्फी विरोध भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । यसअघि सरकारले वैशाख ८ गते [...]

वैशाख १२ गते, २०७७ १२:४९ मा प्रकाशित

मन्त्रिपरिषद बैठक सुरु, लकडाउन लम्बिएला या हटला ?

काठमाडौं । अघिल्लो मन्त्रिपरिषद्ले गरेको निर्णयमा चौतर्फी दबाब भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटार बिहान ११ बजेदेखि बैठक सुरु भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को काम, [...]

वैशाख १२ गते, २०७७ १२:३७ मा प्रकाशित