वैशाख २३ २०८३, बुधवार

समाचार

हत्या आरोपमा पक्राउ

       कर्णाली, २४ माघ   सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आफ्नै आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ [...]

माघ २४ गते, २०७८ ०८:४८ मा प्रकाशित

एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा

    काठमाडौँ, २३ माघ  प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ ।         प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज अपराह्न बालुवाटार पुग्नुभएको हो ।         गत [...]

माघ २३ गते, २०७८ १७:२० मा प्रकाशित

माओवादी नेता श्रेष्ठ भन्छन् : यथास्थितिमा एमसीसी स्वीकार गर्न सकिँदैन

२३ माघ, काठमाडौं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) यथास्थिति स्वीकार गर्न नसक्ने बताएका छन् । एमसीसी अनुमोदनका लागि समय माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर लेखेको पत्र सार्वजनिक भएपछि प्रचण्ड दबाबमा छन् । [...]

माघ २३ गते, २०७८ १७:०८ मा प्रकाशित

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित थपिए

२३ माघ, काठमाडौ पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो [...]

माघ २३ गते, २०७८ १६:४९ मा प्रकाशित

बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच भेटवार्ता जारी

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ। स्थानीय तह निर्वाचनको मिति, एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे आज अपरान्ह उनीहरू बालुवाटारमा भेटवार्तामा जुटेका हुन्। प्रधानमन्त्री देउवाले आज प्रमुख [...]

माघ २३ गते, २०७८ १६:३१ मा प्रकाशित

पाँचखाल स्मार्ट सिटीको अध्ययन अमेरिकन कम्पनीबाट

काभ्रेपलाञ्चोक, २३ माघ पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को अध्ययन अमेरिकन कम्पनीले गर्ने भएको छ । त्यसका लागि नगरसँग सम्झौता गरेको काठमाडौँस्थित इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)ले अमेरिकाको जेएलएल नामक संस्थालाई बजार अध्ययन गर्न लगाउने भएको हो ।        निफ्राले काभ्रेपलाञ्चोकको पाँचखाल नगरसँग [...]

माघ २३ गते, २०७८ १५:१९ मा प्रकाशित

बैङ्कसँग लिएको ऋणको ब्याज उच्च हुँदा उद्योग व्यवसाय मर्कामा

  चितवन, २३ माघ कोरोना भाइरस सङ्क्रमणको मारमा परेका यहाँका उद्योग व्यवसाय बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् ।        कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैङ्कले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् [...]

माघ २३ गते, २०७८ १५:१८ मा प्रकाशित

दुर्घटननामा परी एकको मृत्यु एक घाइते

     मार्तडी, २३ माघजिल्लाको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजार नजिकै गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै अर्को एक जना घाइते भएका छन् ।        अछाम जिल्ला घर भई बाम्का बजारमा सुन चाँदी पसल गर्दै आएका मोटरसाइकल चालक बलबहादुर सुनारको [...]

माघ २३ गते, २०७८ १५:१८ मा प्रकाशित

पर्यटकीय गन्तव्य बन्दै बैकुण्ठपुरी सङ्ग्रहालय

      अर्घाखाँची, २३ माघ अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाङगलामा रहेको बैकुण्ठपुरी सङ्ग्रहालय अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ ।        परम्परागत मौलिक संस्कृति, संस्कार र जीवनशैली चिनाउने बैकुण्ठपुरी सङ्ग्रहालयमा हिजोआज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।        पत्रकार निमबहादुर रिजालको सक्रियतामा सन्धिखर्क [...]

माघ २३ गते, २०७८ १५:१८ मा प्रकाशित