वैशाख १८ २०८३, शुक्रबार

राजनीति

गच्छदारको मुद्दालाई लिएर संसद् अवरोध नगर्ने कांग्रेसको निर्णय

राजनीतिक प्रतिशोधको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजय गच्छदारलाई भ्रष्टाचारको मुद्दा चलाएको आरोपमा लगाउँदै संसद अवरोध गर्दै आएको नेपाली कांग्रेसले आजबाट अवराेध नगर्ने भएको छ। यसअघि कांग्रेसले लगातार संसद बैठक तीनपटक अवरोध गरेको थियो। नेपाली कांग्रेसको संसदीय दलको म‌गलबार बसेको बैठकले [...]

माघ २८ गते, २०७६ १३:०४ मा प्रकाशित

प्रचण्डलाई मात्र नेकपाको अध्यक्ष बनाउने वामदेवको प्रस्तावमा के छ ?

सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागू गर्ने गरि ल्याइएको प्रस्तावमा यस्तो छ : दुई ठूला कम्युनिष्ट पार्टी नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि विभाजित नेपाली कम्युनिष्ट आन्दोलन मुलतः एकीकृत भएको भन्नसकिन्छ । आम निर्वाचनमा कम्युनिष्ट पार्टीको [...]

माघ २८ गते, २०७६ ११:१९ मा प्रकाशित

दिल्लीको विधानसभा प्रारम्भिक मतगणनामा आप ५० भन्दा बढी स्थानमा अगाडि

भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप) ले अग्रता लिइरहेको छ। तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न ‘एक्जिट पोल’ले देखाएका छन्। मतदान सम्पन्न भएपछि गरिएका त्यस्ता प्रारम्भिक [...]

माघ २८ गते, २०७६ ११:०० मा प्रकाशित

ओली पक्षधर नेताहरूकाे ‘गोप्य’ बैठक ! के भयो कुराकानी?

पार्टी र सरकार आलोचित बन्दै गएपछि रक्षात्मक अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरूले ‘रणनीतिक’ बैठक गरेका छन्। काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा भएको भेलामा सरसकार र पार्टीको काम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सहभागी एक [...]

माघ २८ गते, २०७६ ०७:४६ मा प्रकाशित

संसद अवरुद्ध गरेपछि कानुन कसरी बन्छ? : मन्त्री बाँस्कोटा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कांग्रेसले सदनमा गरेको अपरोधप्रति रोष प्रकट गरेका छन्।  सोमबार सिंहदरबारमा बसेको विकास तथा प्राविधिक समितिको बैठकमा उपस्थित भएका मन्त्री बाँस्कोटाले कांग्रेसले संसदमा अवरोध गरेपछि कानुन निर्माण प्रभावित भएको जिकिर गरे। संसदीय समितिमा [...]

माघ २७ गते, २०७६ १५:०२ मा प्रकाशित

कोरोना भाइरस बारे प्रचण्डले यस्तो भने !

  केही दिनअगाडि बोल्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनमा फैलिएको प्रकोपसँग सम्बन्धित सम्पूर्ण घटनामा ‘राजनीति मिसिएको’ अर्थपूर्ण टिप्पणी गरे। उनले कोरोनाभाइरस सङ्क्रमणबारे “चीनलाई नरुचाउने वा मन नपराउनेहरूले” प्रचार गरेको दाबी गरे। “यसको प्रचारमा [...]

माघ २७ गते, २०७६ १४:५३ मा प्रकाशित

सभामुखले बोल्न दिएनन्, उनीहरु बोलिरहे…

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत बिहिबारदेखि संसद् अवरुद्ध गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारबाही अघि बढाउनासाथ प्रतिपक्षी [...]

माघ २७ गते, २०७६ ०७:२३ मा प्रकाशित

सरकारको विरोध गर्नुको अर्थ छैन : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, “बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको विरोध गर्नुको कुनै अर्थ छैन ।” पनौती [...]

माघ २६ गते, २०७६ ०८:४१ मा प्रकाशित

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज आधा घण्टाको लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।

माघ २४ गते, २०७६ १७:०० मा प्रकाशित