काठमाडौँ, ८ मङ्सिर नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौला ‘पन्त’ को ‘काँग्रेसको अबको बाटो’ पुस्तक विमोचन गरिएको छ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले[...]
चितवन, ८ मङ्सिर नेकपा (एमाले) को १०आँै राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी [...]
मंसिर ८ गते, २०७८ १२:४३ मा प्रकाशित
सुदूरपश्चिम, ८ मङ्सिर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताउनुभएको छ । आज धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको बताउनुभएको हो [...]
मंसिर ८ गते, २०७८ १२:३७ मा प्रकाशित
काठमाडौँ, ८ मङ्सिर नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित हुनुभएको छ । आज सार्वजनिक भएको मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहनुभएका चालिसे २०५ मत प्राप्त गरी विजयी हुनुभएको हो । क्षेत्र नं ३ का [...]
मंसिर ८ गते, २०७८ ०९:२६ मा प्रकाशित
चितवन, ८ मङ्सिरनेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो । [...]
मंसिर ८ गते, २०७८ ०९:१८ मा प्रकाशित
काठमाडौँ, ७ मङ्सिरशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । मङ्गलबार मन्त्रालयमा भएको भेटवार्तामा विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नवीकरणीय ऊर्जाको विकास एव्म उत्पादनको विषयमा छलफल भएको हो । सो अवसरमा [...]
मंसिर ७ गते, २०७८ १७:४८ मा प्रकाशित
काठमाडौंँ, ७ मङ्सिर निर्वाचन आयोगले राजनीतिक दललाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्तिलाई सदस्यता वितरण नगर्न नगराउन निर्देशन दिएको छ । आयोगले राजनीतिक [...]
मंसिर ७ गते, २०७८ १७:१९ मा प्रकाशित
काठमाडौँ, ७ मङ्सिर नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सोमबार सम्पन्न अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार श्रेष्ठले ११९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका [...]
मंसिर ७ गते, २०७८ १७:०९ मा प्रकाशित
नवलपुर, ७ मङ्सिर नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रवन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ । नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन [...]
मंसिर ७ गते, २०७८ १४:०४ मा प्रकाशित
सुरुङ्गा(झापा), ७ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत झापाका ५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । सोमबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं १ मा ईन्द्रबहादुर बुढाथोकी विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी गोपाल तामाङलाई [...]
मंसिर ७ गते, २०७८ १३:५३ मा प्रकाशित