वैशाख २३ २०८३, बुधवार

समाचार

बागमती प्रदेशका १२ एमाले सांसदले रोजे एकीकृत समाजवादी

१५ भाद्र  काठमाडौं नेकपा एमाले फुटेपछि बागमती प्रदेशका १२ एमाले सांसदले माधव नेपालको नेकपा एकीकृत समाजवादी चयन गरेका छन्। उनीहरूले बागमती प्रदेश निर्वाचन कार्यलयमा उपस्थित भई सनाखत गरेका हुन्। हालसम्म राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, [...]

भदौ १५ गते, २०७८ १६:३० मा प्रकाशित

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति चयन, पदाधिकारी पछि छान्ने

काठमाडौं, भदौ १५ नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाइसिएल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो। भेलाले अध्यक्षसहितका पदाधिकारीको [...]

भदौ १५ गते, २०७८ १६:२४ मा प्रकाशित

‘नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्छ’

सप्तरी, १५ भदौ   प्रदेश नं २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्ने बताउनुभएको छ । प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालय, राजविराजमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिमको आज राजविराजमा आयोजित दीक्षान्त समारोहमा [...]

भदौ १५ गते, २०७८ १६:१३ मा प्रकाशित

आयोजना प्रमुख ढकालका अनुभवमा प्रसारण लाइनका जटिलता

        काठमाडौँ, १५ भदौ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भाषामा हरेक प्रसारण लाइनको टावर नै एउटा आयोजना हो । समग्र आयोजना सम्पन्न गर्न जुन खालको मिहिनेत चाहिन्छ, एउटा टावर बनाउन पनि उत्तिकै जोडबल आवश्यक पर्दछ । नेपालमा हाल [...]

भदौ १५ गते, २०७८ १६:०० मा प्रकाशित

गाउँपालिका केन्द्र पुग्न सास्ती

राँझा, १५ भदौ    बाँकेको राप्ती सोनारी गाउँपालिका– ७ का जनतालाई गाउँपालिका केन्द्र पुग्न निकै कठिन छ । वडा नं ७ मा पर्ने फत्तेपुरको लालपुरबाट गाउँपालिकाको कार्यालय वडा नं २ अगैया पुग्नका लागि ४२ किलोमिटरको यात्रा गर्नुपर्दछ । वर्षाको समयमा खहरे [...]

भदौ १५ गते, २०७८ १५:४९ मा प्रकाशित

माग बढ्यो स्याउको

खलङ्गा, १५ भदौ जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न सुरु भइसकेको जानकारी दिनुभयो । [...]

भदौ १५ गते, २०७८ १४:३६ मा प्रकाशित

३० दिनदेखि प्रहरी हिरासतमा कुखुराको भाले

१५ भदौ चोरी, डकैती जस्ता अपराधिक मुद्दामा प्रहरीले मानिसहरुलाई जेलमा थुनेको त सुनैकै कुरा हो तर, आज हामीले प्रहरीको हिरासतमा रहेको कुखुराको भालेको बारेमा चर्चा गर्न लागिरहेका छौ । प्रहरीले दुईटा भालेलाई ३० दिनदेखि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुमाथि [...]

भदौ १५ गते, २०७८ १४:२८ मा प्रकाशित

अफगानिस्तान तालिबानको हातमा छोडेर फर्कियो अमेरिका

भदौ १५ २० वर्ष लामो युद्ध अन्त्य गर्दै अमेरिकी सैनिकले अफगानिस्तान छोडेका छन्।सोमबार राति काबुलस्थित हमिद कारजाई विमानस्थलमा अमेरिकी सेनाको सी-१७ कार्गो जहाजमा अमेरिकी सेनाका मेजर जनरल क्रिस डोनाहुई चढेसँगै अफगान भूमिमा विदेशी फौजको पछिल्लो उपस्थिति सकिएको हो। अमेरिकी इतिहासकै [...]

भदौ १५ गते, २०७८ १३:१७ मा प्रकाशित

विवेकशील साझा पार्टी फेरि फुटको संघारमा

काठमाडौं, भदौ १५ विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डले छुट्टाछुट्टै समयमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका छन्। बैठकका एजेन्डामा कुरा नमिलेपछि अध्यक्ष मिश्र र संयोजक पाण्डेले बिहीबार बेग्लाबेग्लै समयमा केन्द्रीय समितिको बैठक गर्न लागेका छन्। [...]

भदौ १५ गते, २०७८ १३:०९ मा प्रकाशित