वैशाख २३ २०८३, बुधवार

समाचार

१० जना एमाले सांसदले रोजे एकीकृत समाजवादी एक सातामै

भदौ १६ नेकपा एमाले प्रदेश १ का १० सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। उनीहरूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन्।  ती एमाले सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एकीकृत समाजवादीको पक्षमा [...]

भदौ १६ गते, २०७८ १३:५७ मा प्रकाशित

कुटपिटबाट महिलाको मृत्यु

    लहान, १६ भदौ   सिरहाको कल्याणपुर नगरपालिका– ९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हँुदा एक महिलाको मृत्यु भएको छ । सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।        बिवाद [...]

भदौ १६ गते, २०७८ १३:४२ मा प्रकाशित

‘चामे जान काम पर्छ, पुल छैन’

मनाङ, १६ भदौसडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पु¥याएपछि आवातजावतमा कठिनाइ भएको हो ।        बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा [...]

भदौ १६ गते, २०७८ १३:३६ मा प्रकाशित

कांग्रेसको चुनावी चहलपहल तीव्र

डोटी, १६ भदौ  नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ ।        लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेता अहिले जिल्ला आइपुगेपछि यहाँ चहलपहल बढेको हो । केन्द्रीयस्तरका नेताले [...]

भदौ १६ गते, २०७८ १३:२८ मा प्रकाशित

मापदण्ड मिचेर बनाइएका ४० तले दुई भवन भत्काउन भारतीय सर्वोच्च अदालतको आदेश

काठमाडौँ, १६ भदौ। भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ४० तले दुइटा भवन तीन महिनाभित्र भत्काउन आदेश दिएको छ। हिन्दुस्तान टाइम्सका अनुसार न्यायाधीशद्वय डि वाई चन्द्रचुद र एम आर साहको संयुक्त इजलासले मंगलबार सुपरटेक लिमिटेड ग्रुपले नोएडामा बनाएका ती दुई आवासीय [...]

भदौ १६ गते, २०७८ १२:०३ मा प्रकाशित

तालिबान नेताले लडाकूलाई भने, ‘जनतालाई शिष्ट भएर व्यवहार गर्नुहोस्, हामी उनीहरूका सेवक हौं’

काठमाडौँ, १६ भदौ।  अमेरिकी सेना काबुल विमानस्थलबाट निस्किएपछि तालिबानका नेताले विमानस्थलमा फौजी पहिरनमा देखिएका आफ्ना लडाकूलाई सम्बोधन गर्दै उनीहरुलाई स्वतन्त्रताका लागि बधाई दिए । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले उनलाई भने, ‘हामीलाई तपाईंको बलिदानमाथि गर्व छ । यो तपाईंका र तपाईंका नेताहरुले [...]

भदौ १६ गते, २०७८ ०७:२५ मा प्रकाशित

सानिमा लाईफको आईपीओ शेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाडौँ, १६ भदौ। सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SLI सिम्बाेल पाएकाे छ ।हाल कम्पनीकाे उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । यसै साता सूचीकरण सम्पन्न [...]

भदौ १६ गते, २०७८ ०७:२१ मा प्रकाशित

रोनाल्डो म्यानचेष्टर युनाइटेडमा अनुबन्धित

काठमाडौँ, १६ भदौ।  इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दुई वर्षका लागि अनुबन्ध गरेको छ । युनाइटेडले मंगलबार रोनाल्डोलाई अनुबन्ध गरिएको जनाएको हो । यस्तै ३६ वर्षीय रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प समेत  दिइएको युनाइटेडले जनाएको छ । [...]

भदौ १६ गते, २०७८ ०७:०९ मा प्रकाशित

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, १६ भदौ।  हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बुधबार दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  ‘देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्कादेखि [...]

भदौ १६ गते, २०७८ ०७:०६ मा प्रकाशित