वैशाख २४ २०८३, बिहीबार

समाचार

भूमिहीनद्वारा जग्गामा स्वामित्वको माग

       कञ्चनपुर, २६ कात्तिककञ्चनपुरका भूमिहीनले जग्गामा स्वामित्वको माग गरेका छन् । सुकुम्बासी, भूमिहीन, दलित, आरक्ष पीडित, मुक्तकमैया महिला तथा अव्यवस्थित बसोवासीले जग्गामा स्वामित्वको माग गरेका हुन् ।         सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगलाई दबाब दिन उनीहरुले बहादुरसिंह महराको संयोजकत्वमा सात सदस्यीय सङ्घर्ष [...]

कार्तिक २६ गते, २०७८ १३:१९ मा प्रकाशित

देशैभर दुई दर्जन उच्च क्षमताका प्रसारण लाइन निर्माण हुँदै

    काठमाडौँ, २६ कात्तिक बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनलाई वितरण लाइन बनाउने घोषणा गरिसकेकाले उच्च क्षमताका प्रसारण [...]

कार्तिक २६ गते, २०७८ १३:०१ मा प्रकाशित

कर्मचारी अभावमा सेवा प्रवाह प्रभावित

डोटी, २६ कात्तिकजिल्ला प्रशासन कार्यालयमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दीका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही समस्या भएको दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी रमेशबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “ प्रशासनमा शाखा अधिकृत [...]

कार्तिक २६ गते, २०७८ ११:०४ मा प्रकाशित

प्रनाउ तिम्सिनाको निधन

सप्तरी, २६ कात्तिकइलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ ।     नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उहाँको आज विहान निधन भएको जिप्रका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।     [...]

कार्तिक २६ गते, २०७८ १०:५२ मा प्रकाशित

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, २६ कात्तिकनेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।     बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । पार्टी कामका सिलसिलामा केन्द्रीय [...]

कार्तिक २६ गते, २०७८ १०:४३ मा प्रकाशित

मोटरसाइकल दुर्घटना हुँदा मृत्यु

दमक, २६ कात्तिकपूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही छन् ।        बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा आज [...]

कार्तिक २६ गते, २०७८ १०:३१ मा प्रकाशित

संसद् बाहिर बनेका ८० प्रतिशत कानुनबारे सदन बेखबर

      काठमाडौँ, २६ कात्तिक मुलुकको कानुन बनाउने प्रमुख जिम्मेवारी संसद्को भएता पनि नेपालमा भने ८० प्रतिशतभन्दा बढी कानुन अझै पनि कार्यपालिका मातहतका निकायले बनाउने गरेको पाइएको छ ।        कुन प्रयोजनका लागि ती कानुन कहाँ बनाइएको, कहाँ दर्ता हुन्छ, त्यसको ठिक सदुपयोग भए÷नभएको [...]

कार्तिक २६ गते, २०७८ ०९:५१ मा प्रकाशित

लागुऔषधसहित दुई युवक पक्राउ

लहान, २६ कात्तिकप्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ बाट लागुऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट [...]

कार्तिक २६ गते, २०७८ ०९:४० मा प्रकाशित

राष्ट्रिय जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टद्वारा आह्वान

कञ्चनपुर, २६ कात्तिक    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गर्नुभएको छ । उहाँले बुधबार एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको समेत नीति निर्माणमा सहभागी बन्न सुदूरपश्चिम प्रदेशवासीलाई अनुरोध [...]

कार्तिक २६ गते, २०७८ ०९:३६ मा प्रकाशित