वैशाख २३ २०८३, बुधवार

समाचार

मनकारी जनप्रतिनिधि, जो पारिश्रमिक लिँदैनन्

         महेन्द्रनगर, ४ फागुन जनप्रतिनिधि नहुँदा पनि कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले चार वर्षसम्म आफूले पाउने पारिश्रमिक लिनु भएन । राजनीतिमा लागेको छोटो समयमै वडाध्यक्षमा निर्वाचित कुँवरले चार वर्षमा [...]

फागुन ४ गते, २०७८ १२:०१ मा प्रकाशित

अपि हिमालमा खाद्यान्न अभाव

    दार्चुला, ४ फागुन सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत वर्षको खडेरीका कारण उत्पादन घटेसँगै यस वर्ष गाउँपालिकामा खाद्यान्न अभाव भएको हो ।         सात हजार जनसङ्ख्या रहेको गाउँपालिकाका अधिकांश बस्ती भिरालो पाखो छ । “पाखो जमिनमा [...]

फागुन ४ गते, २०७८ १२:०० मा प्रकाशित

महिला फुटबल लिगको पहिलो चरण चितवनमा

        चितवन, ४ फागुनराष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करणका पहिलो चरणका खेल भरतपुरमा हुने भएको छ । भरतपुर महानगरपालिका भित्रका दुई खेल मैदानमा यही फागुन १० गतेदेखि खेल हुने भएको हो ।         लिगको पहिलो चरणको खेल सञ्चालनका लागि भरतपुर महानगरपालिका र [...]

फागुन ४ गते, २०७८ १२:०० मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तको आइपिओ बिक्री खुला

काठमाडौँ, ४ फागुन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन [...]

फागुन ४ गते, २०७८ ११:४९ मा प्रकाशित

चितवानमा सात महिनामा ३० जना बेपत्ता

     चितवन, ४ फागुन जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हराएको निवेदन परेकामध्ये सो सङ्ख्यामा व्यक्ति अझै सम्पर्कमा आउन सकेका छैनन् ।        प्रहरी निरीक्षक कमला नरालका अनुसार हराएका २७० मध्ये २४० [...]

फागुन ४ गते, २०७८ ११:२२ मा प्रकाशित

भन्सार छलेर ल्याएको पाँच लाखका सामग्री बरामद

    नवलपुर, ४ फागुन भन्सार छली गरेर ल्याइएको करिब रु पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो ।        प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा [...]

फागुन ४ गते, २०७८ ११:२१ मा प्रकाशित

सुकिलुम्बामा तारा एयरले नियमित उडान भर्ने

     काठमाडौँ, ४ फागुन  यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले ईलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा यही फागुन ११ गतेदेखि साताको दुई दिन उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एयरले साताको आइतबार र बिहीबार काठमाडौँबाट [...]

फागुन ४ गते, २०७८ ११:२० मा प्रकाशित

ताप्लेजुङका स्थानीय तहमा कर्मचारी अभाव

     फुङ्लिङ, ४ फागुनताप्लेजुङका आधा दर्जन बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतबिहीन बनेका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा लामो समयदेखि स्थानीय तह प्रमुखविहीन अवस्थामा छन् ।         कुनै स्थानीय तह करिब ६ महिना अघिदेखि र कुनै केही [...]

फागुन ४ गते, २०७८ १०:५६ मा प्रकाशित

एमसीसीको समर्थन र विरोध गर्नेहरू एउटै सरकारमा बस्न मिल्दैन: बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिएका छन्।  सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका हुन्।  ‘एमसीसीको [...]

फागुन ४ गते, २०७८ १०:५४ मा प्रकाशित