वैशाख २४ २०८३, बिहीबार

राजनीति

बाह्रौँ शताब्दीको कर्णाली युरोपभन्दा धनी !

कर्णाली, १९ कात्तिक।  कर्णालीको संस्कृतिसम्बन्धी जानकार तथा तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तत्कालीन कर्णाली खस राज्य युरोपभन्दा धनी भएको बताउनुभएको छ । तातोपानी–५ जुम्लाद्वारा आयोजित ‘लाम्रा संवाद–२ गाउँगाउँका कुडा’ कार्यक्रमको पहिलो सत्रमा अध्यक्ष न्यौपानेले नागराजले स्थापना गरेको तत्कालीन कर्णाली शक्तिशाली [...]

कार्तिक १९ गते, २०७८ १४:५५ मा प्रकाशित

देउवा र प्रचण्डले एमसीसी पास गराउन पत्र पठाएको खुलासा

काठमाडौं, १८ कात्तिक । एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेर पत्र पठाएको खुलासा भएको छ । अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्स कर्पोरेशन एमसीसी पारित गर्ने प्रतिवद्धता पत्र पठाइएको खुलासा देउवाले गरेका [...]

कार्तिक १८ गते, २०७८ १२:४३ मा प्रकाशित

जो बाइडेन नेपाल आईसकेका रहेछन्, मैले नेपाली टोपी लगाएर गएको हुनाले परैबाट चिनिहालेः देउवा

काठमाडौं, कार्तिक १८ । प्रधानमन्त्री शेरवहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनको नेपालप्रति उच्च सद्भाव पाएको बताएका छन् । कोप २६ मा भाग लिएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपतिसहित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको [...]

कार्तिक १८ गते, २०७८ १२:४० मा प्रकाशित

अवैध सम्बन्धबाट जन्मिएको पार्टीलाई महाधिवेशनमा बोलाइन्नः योगेश भट्टराई (भिडिओ)

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका [...]

कार्तिक १८ गते, २०७८ ११:२४ मा प्रकाशित

भूटानमा वर्षौदेखि थुनिएका छन् राजबन्दी

काठमाडौँ, १७ कात्तिक । झापा, बेलडाँगीबाट झन्डै ५० किलोमिटरको दूरीमा पर्छ – नेपाल–भारतको पूर्वी सीमा, काँकडभिट्टा नाका । नेपाली सरहद पार गरेर झण्डै १८० किलोमिटर सडक यात्रा तय गरेपछि पुगिन्छ — भारत–भूटानबीचको जयगाउँ–फुन्चोलिङ नाका । फुन्चोलिङबाट पनि झण्डै १५० किलोमिटर [...]

कार्तिक १८ गते, २०७८ ०७:२५ मा प्रकाशित

सौर्य एयरलायन्सले विराटनगर–भैरहवा सीधा हवाई उडान गर्ने

काठमाडौँ, १८ कात्तिक। सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ । एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको माग र मुलुकको पर्यटन [...]

कार्तिक १८ गते, २०७८ ०७:२१ मा प्रकाशित

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा घोषणा गरेका छन्। सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन आज मुख्यमन्त्री शाहीले राजीनामा घोषणा [...]

कार्तिक १७ गते, २०७८ १७:०४ मा प्रकाशित

माधव नेपालविनाको एमाले हुन्न, केपी ओली प्राइभेट लिमिटेडः गगन थापा

काठमाडौं, १७ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले माधवकुमार नेपालविनाको एमाले हुनै नसक्ने टिप्पणी गरेका छन् । उनले अहिलेको एमालेलाई केपी ओलीको भजनमण्डलीको संज्ञा दिए । ‘माधव नेपालविनाको एमाले हुन्न,’ आज काँग्रेस महालक्ष्मी नगरपालिकाले आयोजना गरेको दिपावलीको शुभकामना [...]

कार्तिक १७ गते, २०७८ १७:०१ मा प्रकाशित

नेपाल-चीन व्यापार सहज बनाउन स्याफ्रुबेँसी–मैलुङ सडक सञ्चालनको पहल

काठमाडौँ, १७ कात्तिक स्याफ्रुबेँसी–मैलुङ खण्ड सञ्चालन गर्न पहल भइरहेको छ । छोटो दूरीको उक्त मार्ग खोलेर रसुवागढी नाकाबाट आयात भएका मालसामान ढुवानी गर्न गृहकार्य भइरहेको छ । स्थानीय प्रशासनले नदी किनारको सडक सुधारको पहल सुरू गरेको छ । प्रमुख जिल्ला [...]

कार्तिक १७ गते, २०७८ १३:३१ मा प्रकाशित