वैशाख १७ २०८३, बिहीबार

दृश्य कथा

अहो! गर्मी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ स्थित स्याली नदीमा गर्मी छल्नका लागि बसेका भैँसी । तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस

वैशाख १० गते, २०८३ ०९:५६ मा प्रकाशित

बारी जोत्दै किसान

गुल्मीको गुल्मीदरबार गाउॅपालिका-१ बलीथुममा मकै छर्न गोरूको सहायताले बारी जोत्दै किसान। जिल्लामा पछिल्लो समय गोरू पाल्ने कृषकहरूको सङ्ख्या विस्तारै घट्दै जान थालेको छ । तस्बिरः जनार्दन घिमिरे/रासस

वैशाख २ गते, २०८३ ०९:४० मा प्रकाशित

सन्दकपुरमा हिउँ

इलामकै अग्लो भूभाग सन्दकपुर डाडाँमा परेको हिउँ। मौसम खुलेको समयमा यहाँबाट कञ्चनजंघा, कुम्भकर्णलगायत आठ वटा हिमालको अवलोकन गर्न सकिन्छ। तस्बिरः मनोज अधिकारी/रासस

चैत ३० गते, २०८२ ०९:०१ मा प्रकाशित

जोमसोममा सफाइ

मुस्ताङको घरपझोङ गाउँपालिका–४ स्थित सदरमुकाम जोमसोममा शनिबार बिहान बृहत् फोहोरमैला सङ्कलन तथा व्यवस्थापन अभियान शुभारम्भ । मिलिजुली टोल विकास संस्थाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्वास्थ्य कार्यालयको समन्वय र सहकार्यमा मुस्ताङको जोमसोममा बृहत् सरसफाइ गरिएको हो। सरसफाइ [...]

चैत २८ गते, २०८२ १९:१६ मा प्रकाशित

राप्तीमा डुंगा सयर

चितवनको सौराहास्थित राप्ती नदीमा डुंगा सयर गर्दै आन्तरिक पर्यटक। तस्बिर : नवीन गड्तौला/रासस

चैत २३ गते, २०८२ ०९:३० मा प्रकाशित

गहुँ काट्दै किसान

कञ्चनपुरको पिपलाडीका आधुनिक यन्त्र (पावर टेलर)को सहायताले गहुँ काट्दै किसान। तस्बिरः राजेन्द्रप्रसाद प्रसाद पनेरू/रासस

चैत २१ गते, २०८२ १९:०५ मा प्रकाशित

वाह! अन्नपूर्ण

समुद्री सतहदेखि सात हजार ६२९ मिटरको उचाईमा अवस्थित मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङबाट घामको झुल्कोसँगै देखिएको अन्नपूर्ण दोस्रो हिमाल । तस्बिरः नवीन लामिछाने/रासस

चैत १४ गते, २०८२ १९:०३ मा प्रकाशित

ईद-उल-फित्र

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल–फित्रको अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिदमा सामूहिक नमाजमा शनिबार सहभागी हुँदै मुस्लिम समुदाय । तस्बिर: किरणराज बिष्ट /रासस

चैत ७ गते, २०८२ ०९:४५ मा प्रकाशित

टोप्लागाउँ

जुम्लाको तातोपानी गाउँपालिका–८ स्थित टोप्लागाउँ । गाउँमा परम्परागत दुङ्गा र माटोले छाएको घरका छानोलाई विस्थापित गरी जस्तापाताले छाउने क्रम बढ्दो छ । तस्विरः विजय रावत / रासस

फागुन १४ गते, २०८२ १०:१० मा प्रकाशित