जोमसोममा सफाइ
मुस्ताङको घरपझोङ गाउँपालिका–४ स्थित सदरमुकाम जोमसोममा शनिबार बिहान बृहत् फोहोरमैला सङ्कलन तथा व्यवस्थापन अभियान शुभारम्भ । मिलिजुली टोल विकास संस्थाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्वास्थ्य कार्यालयको समन्वय र सहकार्यमा मुस्ताङको जोमसोममा बृहत् सरसफाइ गरिएको हो। सरसफाइ स्थानीय महिला समूह, आमा समूह, गाउँ समाज, पर्यटन व्यवसायी, स्थानीयका साथै जिल्लास्थित सरकारी कार्यालय र सुरक्षा निकायलगायतको उपस्थिति रहेको थियो । तस्बिरः सुन्दरकुमार थकाली/रासस




प्रतिक्रिया दिनुहोस्