मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका[...]
नेपाली कांग्रेसले आजदेखि घोषणा पत्र लेखन थाल्ने भएको छ। अहिलेसम्म सुझाव संकलन गरिएको थियो। ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट कांग्रेसले घोषणा पत्रका लागि सुझाव लिएको थियो। मंगलबारसम्म सुझाव लिइएको र आजदेखि घोषणा [...]
वैशाख ७ गते, २०७९ १२:०५ मा प्रकाशित
छिमेकी मुलुक रूसले युक्रेनमाथिको आक्रमण बढाएसँगै अमेरिकासहित अन्य पश्चिमा मुलुकले युक्रेनलाई थप युद्व सामाग्री पठाउने भएका छन्। पश्चिमा नेताहरूबीच भएको भिडिओ संवादमार्फत अमेरिका र अन्य देशले युद्वमा प्रयोग हुने गोलाबारूद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्रीलगायतका सैन्य सहयोग युक्रेनलाई थप उपलब्ध [...]
वैशाख ७ गते, २०७९ ११:५६ मा प्रकाशित
तुलसीपुर, ७ वैशाख दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ । गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक [...]
वैशाख ७ गते, २०७९ ११:४३ मा प्रकाशित
गण्डकी, ७ वैशाख गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले आधुनिक संसारमा खेलकुदको महत्व बढ्दै गएको बताउनुभएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा सञ्चालित तीनमहिने सहायक प्रशिक्षक तालिमको समापनमा उहाँले खेलकुदको बढ्दो महत्वलाई दृष्टिगत गरी गण्डकी विश्वविद्यालयको स्थापनासँगै नेपालमा [...]
वैशाख ७ गते, २०७९ ११:४१ मा प्रकाशित
काठमाडौँ, ७ वैशाख नेकपा (एमाले)को जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीहरूलाई परिचालन गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले वैशाख ९ गते एकैदिन राष्ट्रियस्तरमा [...]
वैशाख ७ गते, २०७९ ११:४० मा प्रकाशित
काठमाडौँ, ७ वैशाख अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आजीवन सदस्यता अद्यावधिक समितिको संयोजकमा प्रा डा खगेन्द्रप्रसाद लुइँटेल चयन हुनुभएको छ । अनेसासको मङ्गलबार बसेको बैठकले प्रा डा लुइँटेलको संयोजकत्वमा तीन सदस्यीय आजीवन सदस्यता अद्यावधिक समिति गठन गरेको हो । समितिको [...]
वैशाख ७ गते, २०७९ ११:०६ मा प्रकाशित
काठमाडौँ, ७ वैशाख सञ्चारमाध्यमहरुले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सुझाव दिइएको छ । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले सञ्चार जगत्सँग सो आग्रह गर्नुभएको हो । स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल [...]
वैशाख ७ गते, २०७९ ११:०६ मा प्रकाशित
काठमाडौँ, ७ वैशाख वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट आधुनिक नेपाली कथा, उपन्यास [...]
वैशाख ७ गते, २०७९ ११:०४ मा प्रकाशित
महोत्तरी, ७ वैशाख वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ । मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो । गए रातिको वर्षाले बाँझो जग्गा खनजोत गर्न सहज भएको किसानले बताएका छन् [...]
वैशाख ७ गते, २०७९ ११:०१ मा प्रकाशित