भक्तपुर, १२ पुसमध्यपुरथिमि नगरपालिका क्षेत्रमा यही पुस ४ गतेबाट आठ दिनसम्म दिउँसो र राति सञ्चालन भएको नवदुर्गा नाच तथा पूजा सम्पन्न भएको छ । यहाँको धार्मिक र सांस्कृतिक महत्व[...]
सिमकोट, १२ पुसउच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछिस्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले [...]
पुष १२ गते, २०७८ १०:१४ मा प्रकाशित
वीरगञ्ज, १२ पुस जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न [...]
पुष १२ गते, २०७८ १०:१२ मा प्रकाशित
गण्डकी, १२ पुसतमु समुदायको पर्व ल्होसारका अवसरमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गतको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा सेन्चुरी युवा क्लबको आयोजनामा आइतबारदेखि चारदिने ल्होसार मेला सुरु भएको छ । ल्होसार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजित २० औँ संस्करणको मेलामा भलिबल, [...]
पुष १२ गते, २०७८ १०:१० मा प्रकाशित
कर्णाली, १२ पुसकर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुले सेवा सुनिश्चितता एवं स्थायित्वको माग गरेका छन् । अखिल नेपाल करार, ज्यालादारी तथा अस्थायी श्रमिक सङ्घ कर्णाली प्रदेशले स्थानीय सरकार सञ्चालन ऐनबमोजिम अस्थायी तथा करार कर्मचारीहरुको व्यवस्थापन गरेर [...]
पुष १२ गते, २०७८ १०:०६ मा प्रकाशित
काठमाडौँ, १२ पुस नेपाल संस्कृत विश्वविद्यालयले स्वामी केशवानन्द गिरीलाई नव्यव्याकरण विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालय अनुसन्धान केन्द्रको सिफारिसमा ‘पाणिनीयाष्टाध्याथ्यामद्वैतवादः’ अर्थात् ‘पाणिनिको अष्टाध्यायीमा अद्वैतवाद’ शीर्षकमा स्वामी केशवानन्द गिरीलाई विद्यावारिधि उपाधि दिइएको परीक्षा नियन्त्रक डा बाबुराम आचार्यले जारी [...]
पुष १२ गते, २०७८ १०:०५ मा प्रकाशित
चितवन, १२ पुस राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सको पहिलो ब्लकमा बाघ सर्वेक्षण सम्पन्न भएको छ । पहिलो ब्लकअन्तर्गत त्रिवेणी, चोरमारा, नवलपुर हुँदै कसरा, सौराहा र बरण्डाभार क्षेत्रमा गत मङ्सिर १९ गतेदेखि [...]
पुष १२ गते, २०७८ १०:०३ मा प्रकाशित
बागमती, १२ पुसमकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित खहरे खोलामा झोलुङ्गे निर्माण हुने भएको छ । रु ५१ लाखको लागतमा निर्माण हुने सो पुलको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम् लामाले आइतबार शिलान्यास गर्नुभयो । सङ्घीय सरकार र गाउँपालिकाको लगानी बन्ने सो पुलबाट भीमफेदीको [...]
पुष १२ गते, २०७८ ०९:५७ मा प्रकाशित
चितवन, १२ पुस रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ ले आइतबार साँझ यहाँ आयोजना गरेको पोलियो अभियान सहयोग कार्यक्रममा रु ३२ लाख २३ हजार आर्थिक सङ्कलन गरेको छ । कार्यक्रममा नारायणी कला मन्दिरका कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए [...]
पुष १२ गते, २०७८ ०९:५३ मा प्रकाशित
काठमाडौँ, १२ पुसनेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले [...]
पुष १२ गते, २०७८ ०९:४९ मा प्रकाशित