वैशाख २५ २०८३, शुक्रबार

समाचार

न्यानो कपडा र खाद्यान्न वितरण

       भैरहवा, २१ पुस बौद्ध समाज लुम्बिनीको सहकार्यमा चुजी फाउण्डेसनले आज रुपन्देहीको रोहिणी गाउँपालिकाका २३४ गरिब घरपरिवारलाई राहत वितरण गरेको छ ।        फाउण्डेसनले स्थानीय सरकारको सिफारिसमा प्रति व्यक्ति रु तीन हजार मूल्य बराबरको राहत वितरण गरेको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले जानकारी [...]

पुष २१ गते, २०७८ १४:०९ मा प्रकाशित

बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिमस्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श [...]

पुष २१ गते, २०७८ १४:०२ मा प्रकाशित

ऐतिहासिक तोप–गोला ५० वर्षपछि पुनःस्थापना

       कर्णाली, २१ पुसदैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएसँगै यहाँ ल्याइएका तोप–गोला आज फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ ।        सुर्खेतको [...]

पुष २१ गते, २०७८ १३:४५ मा प्रकाशित

कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ गते हुने

     काठमाडौँ, २१ नेपाली कांग्रेसले यसअघि निर्धारित १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गतेका लागि तोकेको छ ।        पार्टीको केन्द्रीय निर्वाचन समितिले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारेको जनाएको छ । [...]

पुष २१ गते, २०७८ १३:३१ मा प्रकाशित

महिलालाई बेहोस पारेर भारतमा बिक्री

        काठमाडौँ, २१ पुस   पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पु¥याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ [...]

पुष २१ गते, २०७८ १३:२४ मा प्रकाशित

  तराईमा शीतलहर : जनजीवन कष्टकर, किसानलाई बाली जोगाउन समस्या   

सुदूरपश्चिम, २१ पुस  केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।        विगतमा जस्तै यस वर्ष पनि यतिबेला कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाक्लो हुस्सु र कुहिरोसँगै चल्न थालेको शीतलहरले यस क्षेत्रका जनजीवन कष्टकर बनेको [...]

पुष २१ गते, २०७८ १३:२० मा प्रकाशित

एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट

      बैतडी, २१ पुसनेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएका छन् । यही पुस २३ गतेदेखि पाटनमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न हुन् । एक सय सङ्गठित सदस्य बराबर एक महिलासहित तीन [...]

पुष २१ गते, २०७८ १३:०८ मा प्रकाशित

बढ्यो सुनको मूल्य

काठमाडौँ, २१ पुस सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ८०० तोकिएको छ । नेपाल [...]

पुष २१ गते, २०७८ १२:५९ मा प्रकाशित

‘बच्चाछिर धुमपान विधि’बाट उपचार

      तनहुँ, २१ पुसजिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले आवाज बन्द भएका बिरामीको उपचार गर्न थालेको छ । आयुर्वेदिक ‘बच्चाछिर धुमपान विधि’बाट बिरामीको उपचार थालेको हो ।बच्चाचूर्ण, बाख्राको दूध, ल्वाङको धुलो, त्रिकटु र सितोपलादी मिसाएर पकाएको खीरजस्तो वस्तुबाट बाफ दिएर बिरामीको [...]

पुष २१ गते, २०७८ ११:१२ मा प्रकाशित