वैशाख २५ २०८३, शुक्रबार

समाचार

हुप्सेकोटका पहिरापीडित भन्छन्, ‘राति शीत चुहिँदा सुत्नै सकिन्न’

 कावासोती, २१ पुस नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–५ का पहिरापीडित चिसो मौसममा पालमुनि बसेर रात काट्न बाध्य छन् । गत साउनमा बाखखोर गाउँ पहिराको जोखिममा परेपछि उनीहरुलाई प्रहरीले उद्धार गरी हुप्सेकोटको बेलुवास्थित विद्यालयमा राखेको थियो ।         करिब तीन महिना विद्यालयमा [...]

पुष २१ गते, २०७८ ११:०५ मा प्रकाशित

माई नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन

    मङ्गलबारे, २१ पुस   इलामको माई नगरपालिकामा सञ्चालित निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको आयोजनामा भएको सो शिविरमा २४८ महिलासहित ४२६ जनाको स्वास्थ्य जाँच गरिएको हो ।         शिविर सञ्चालन गर्न सानिमा हाइड्रोपावर लिमिटेड माईले सहयोग गरेको [...]

पुष २१ गते, २०७८ ११:०१ मा प्रकाशित

रसुवामा सुक्खा पहिरो पन्छाउन थालियो

         रसुवा, २१ पुसमङ्गलबारदेखि बन्द स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालिएको छ । सुक्खा पहिराले सडक अवरुद्व भएपछि स्थानीय प्रशासनको सहयोगमा त्यो हटाउन थालिएको हो ।         पहिरो हटाउन आज बिहानदेखि स्काभेटर प्रयोग गरिएको छ । पहिरो पन्छाउन डिभिजन सडक कार्यालय र [...]

पुष २१ गते, २०७८ १०:२५ मा प्रकाशित

पुनः वर्षा र हिमपातको सम्भावना

        काठमाडौँ, २१ पुसपश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।         उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा [...]

पुष २१ गते, २०७८ १०:१९ मा प्रकाशित

राजमार्गमा लुटपाट गर्न खोज्ने पक्राउ

      राँझा, २१ पुस   पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।         पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अगैया प्रहरी [...]

पुष २१ गते, २०७८ १०:१५ मा प्रकाशित

महोत्तरीमा जाडो छल्न विद्यालय बन्द गरिँदै

        महोत्तरी, २१ पुसलगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेका हुन् ।         सोनमा गाउँपालिकाले सोमबार सूचना जारी गरेर एक साता विद्यालय [...]

पुष २१ गते, २०७८ १०:११ मा प्रकाशित

देवघाट मेलाको तयारी तीव्र

     रत्ननगर, २१ पुस चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।         देवघाट मेला व्यवस्थापन मूल [...]

पुष २१ गते, २०७८ १०:०९ मा प्रकाशित

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतभारको अवस्था यस्तो छ

    कर्णाली, २१ पुस राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानुनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षलाई मात्र मताधिकार छ ।        कर्णालीमा हाल स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष १५६ र प्रदेशसभा सदस्य ३५ गरी १९१ मतदाता छन् । प्रदेशसभाका एक सदस्य बराबर [...]

पुष २१ गते, २०७८ १०:०३ मा प्रकाशित

पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

       पाल्पा, २१ पुस   जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।         निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका [...]

पुष २१ गते, २०७८ १०:०० मा प्रकाशित