प्रतिनिधि सभाको आजको बैठक स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको छ। छलफलमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा, सञ्चार[...]
राजेन्द्र लिंग्देल नेतृत्वको राप्रपा कोहलपुरमा पहिरो नै गएको छ । कोहलपुर नगरपालिकाबाट प्रतिनिधित्व गरिरहेका जिल्ला सदस्य सहित वडा कार्यसमितिका १० पदाधिकारीहरुले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । विहिवार सामाजिक सञ्जालमार्फत राप्रपा बाँके जिल्ला सदस्य तथा ट्रेड युनियन महासंघ नेपाल [...]
फागुन १२ गते, २०७८ १६:२५ मा प्रकाशित
युक्रेनको सेनाले पूर्वी युक्रेनमा बिहीबार ५० जना रूसी सैनिक मारिएको दाबी गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार पूर्वी सहर खार्किभनजिकै चार वटा रूसी सैनिक ट्यांक ध्वस्त पारिएको सेनाले उल्लेख गरेको छ। त्यस्तै रूसले स्वतन्त्र राज्यको मान्यता दिएको लुहान्स्कमा ५० रूसी [...]
फागुन १२ गते, २०७८ १६:२४ मा प्रकाशित
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको बानेश्वरमा एमसिसीविरूद्ध प्रदर्शन गरिरहेका युवाहरूको कुनै दोष नभएको बताएका छन्। उनले ती युवाहरूको दोष नभई द्वैध चरित्र भएका नेताहरू दोषी भएको बताएका हुन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्,‘सडकमा एमसिसीको विरोध गरिरहेका युवाको कुनै [...]
फागुन १२ गते, २०७८ १४:३५ मा प्रकाशित
सत्ता साझेदार दलका नेता झलनाथ खनालले अहिलेकै अवस्थामा एमसिसी पास नहुने बताए। उनले गठबन्धनको भविश्यबारे यकिनसाथ भन्न नसकिने जानकारी दिए। एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक अचानक स्थगित भएपछि संसदबाहिर पत्रकारसँग प्रतिक्रिया दिँदै नेता खनालले मुलुकको स्वतन्त्रताको पक्षमा हुनेहरुले एमसिसीको समर्थन [...]
फागुन १२ गते, २०७८ १४:२८ मा प्रकाशित
बिहीबार बानेश्वरमा एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले बनाएको सुरूक्षाको घेरालाई प्रदर्शनकारीले तोडे। उनीहरूले धकेलेर घेरा तोडेपछि प्रहरीले लाठी चार्ज गरेको हो। त्यसलगत्तै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्। भीडलाई तितरबितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग [...]
फागुन १२ गते, २०७८ १४:१८ मा प्रकाशित
प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित भएको छ। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो। प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग सहमति गर्न भोलिसम्मको समय मागेपछि सभामुख [...]
फागुन १२ गते, २०७८ १४:१० मा प्रकाशित
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताले एमसीसीको विषयमा छलफल गरेका छन्। नेकपा एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), [...]
फागुन १२ गते, २०७८ १३:५२ मा प्रकाशित
काठमाडौँ, १२ फागुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना हुन् भन्नुभएको छ ।जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको स्वर्गीय गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले बताउनुभयो, “ देशलाई चिनाउने सच्चा देशभक्त कलाकार [...]
फागुन १२ गते, २०७८ १३:४२ मा प्रकाशित
खलङ्गा, १२ फागुन जुम्लाको कनकासुन्दरी गाउँपालिकाले ‘बालविवाह मुक्त गाउँ बनाउने अभियान’ सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सचेतनाका कार्यक्रमका साथ परामर्श तथा छलफल सञ्चालन गर्दै दण्डित गरेर भए पनि बालविवाह रोक्ने अभियान चलाएको छ । कनकासुन्दरी–४ का वडा सदस्य सिंहराज सार्कीले भन्नुभयो, [...]
फागुन १२ गते, २०७८ १३:२७ मा प्रकाशित