वैशाख १० २०८२, बुधवार

राजनीति

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी

         भक्तपुर, ५ माघ जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त आदेश जारी गर्नुभएको हो ।        आदेश नमान्ने र त्यसको उल्लङ्घन [...]

माघ ५ गते, २०७८ १०:१९ मा प्रकाशित

स्थानीय तहको निर्वाचनबारे सत्तारुढ दलबीच सहमति ः उपसभापति गुरुङ

    चितवन, ४ माघ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताउनुभयो ।        उहाँले भन्नुभयो,“सत्तारुढ दलहरुबीच सहमति भइसकेको छ । निर्णय [...]

माघ ४ गते, २०७८ १६:४५ मा प्रकाशित

    बजेट संशोधन   

काठमाडौँ, ४ माघकाठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट रु ४२ करोड ८४ लाख ७९ हजार बजेटको कार्यक्रम संशोधन गरेको छ ।      कामपाको १०औँ अधिवेशनले उक्त बजेट बराबरको कार्यक्रम संशोधन गरेको हो । कामपाको सञ्चित कोषबाट कार्यान्वयन हुने रु [...]

माघ ४ गते, २०७८ १५:४२ मा प्रकाशित

कोरोनाको निःशुल्क परीक्षण गर्न माग

    काठमाडौँ, ४ माघराष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो ।         मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हस्ताक्षर गर्नुभएको [...]

माघ ४ गते, २०७८ १५:२६ मा प्रकाशित

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण देखिएको छ। कन्ट्याक ट्रेसिङमा परेपछि होम क्वारेन्टिमा बसेका देउवालाई आज कोरोना पोजेटिभ देखिएको छ। ‘उहाँ केही दिनदेखि घरमै क्वारेन्टिनमा बस्नुभएको थियो, कोरोना पोजेटिभ देखिएको छ,’ प्रधानमन्त्री देउवानिकट स्रोतले भन्यो, ‘निजी सचिवालयका [...]

माघ ४ गते, २०७८ १४:४५ मा प्रकाशित

प्रशासनद्वारा पालिकालाई बारअनुसारको सेवा

        बैतडी, ४ माघ जिल्ला प्रशासन कार्यालयले यहाँका स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ ।        कोभिड–१९ को पछिल्लो नयाँरुप ओमिक्रोनको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको हो । यही [...]

माघ ४ गते, २०७८ १४:२० मा प्रकाशित

मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

    जनकपुर, ४ माघ जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताउनुभएको छ । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई [...]

माघ ४ गते, २०७८ १४:१० मा प्रकाशित

सत्तारूढ दलको बैठक : समयमै स्थानीय तह निर्वाचन गर्नेबारे छलफल

            काठमाडौँ, ४ माघ सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ ।         सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित [...]

माघ ४ गते, २०७८ १३:३३ मा प्रकाशित

मन्त्री आलेको सचिवालयका थप दुई जनामा देखियो कोरोना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ। सोमबार गरिएको कोरोना परीक्षणमा [...]

माघ ४ गते, २०७८ ११:५८ मा प्रकाशित