वैशाख २३ २०८३, बुधवार

समाचार

एक वर्षमा चालीस अर्ब राजस्व

विराटनगर, ६ असोजएकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७÷७८ मा कूल रु ४० अर्ब आठ करोड १९ लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ ।    सो अवधिमा कार्यालयले रु ४६ अर्ब १४ करोड ९५ [...]

असोज ६ गते, २०७८ १४:२६ मा प्रकाशित

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ

काठमाडौँ, ६ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिनुभएको हो ।         समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका [...]

असोज ६ गते, २०७८ १४:०२ मा प्रकाशित

एकैदिन रु नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, ६ असोज नेपाली बजारमा आज सुनको मूल्य रु नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य रु ९० हजार [...]

असोज ६ गते, २०७८ १२:२२ मा प्रकाशित

आजै अमेरिका जाने,नारायण खड्का बने परराष्ट्र मन्त्री

काठमाडौं, असोज ६ प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। देउवाको सचिवालयले दिएको जानकारीअनुसार खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न आज बिहान राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री देउवाले पत्र पठाएर सिफारिस गरेका हुन्। खड्काको [...]

असोज ६ गते, २०७८ ११:५९ मा प्रकाशित

कर्णालीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द हुने

  भजनी, ६ असोजहुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ । पुलको पूर्वतर्फ छेउको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन आवागमन नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले [...]

असोज ६ गते, २०७८ ११:४७ मा प्रकाशित

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

        काठमाडौँ, ६ असोज मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउनुभएको छ ।        क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बन्नुभएको हो [...]

असोज ६ गते, २०७८ ११:३६ मा प्रकाशित

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

       काठमाडौँ, ६ असोज दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ [...]

असोज ६ गते, २०७८ ११:२८ मा प्रकाशित

प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज ९ गते

काठमाडौँ, ६ असोज निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ ।        महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रूपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवेशन आगामी शनिबार काठमाडौँ ब्याङक्वेट थापागाउँ बानेश्वरमा हुन लागेको हो । [...]

असोज ६ गते, २०७८ ११:०२ मा प्रकाशित

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध 

      भरतपुर, ६ असोज चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।        गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट [...]

असोज ६ गते, २०७८ ०८:२६ मा प्रकाशित