वैशाख १७ २०८३, बिहीबार

समाचार

सुनको मूल्य घट्यो, तोलाको कति?

काठमाडौँ- स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको मूल्य घटेको छ। चाँदीको मूल्य भने रु ५० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल [...]

माघ ३० गते, २०८२ १३:२३ मा प्रकाशित

इन्टरपोलको समन्वयमा १० जनालाई विदेशबाट ल्याइयो

काठमाडौँ- स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र [...]

माघ ३० गते, २०८२ ०९:२४ मा प्रकाशित

निर्वाचनलाई सुरक्षित सम्पन्न गर्न पृतनापतिहरूलाई प्रधानसेनापतिको निर्देशन

काठमाडौँ- जंगीअड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठक आज (बुधबार) सम्पन्न भएको छ। बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले पृतना स्तरमा भएका प्रभावकारी कार्यहरूका लागि पृतनापतिहरूलाई धन्यवाद दिए। साथै उनले सकलदर्जाको सामूहिक भावना तथा एकढिक्कापनलाई कायम राख्दै एकीकृत सुरक्षा योजना(२०८२ [...]

माघ २९ गते, २०८२ २०:५६ मा प्रकाशित

अख्तियार प्रमुखसहित १० जनालाई ज्यान मार्ने धम्की दिनेविरुद्ध ६ मुद्दा

काठमाडौँ– आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजिएनको अध्यक्ष बताइ आफ्नो इमेल आइडीबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख सहित १० जनालाई ज्यान मार्नेसम्मको धम्की दिने व्यक्तिमाथि ६ वटा मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी [...]

माघ २९ गते, २०८२ २०:०६ मा प्रकाशित

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ- काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज (बुधबार) पनि अस्वस्थको तहमा पुगेको छ। ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई)अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १९२ एक्युआई मापन गरिएको हो। आइतबार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई मापन गरिएको थियो। प्रदूषण बढेर मङ्गलबार [...]

माघ २९ गते, २०८२ १६:०९ मा प्रकाशित

चितवनको राप्ती नदीमा छाडियो घडियाल गोही

चितवन- चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही निकुञ्जअन्तर्गत जनकौली सामुदायिक वन क्षेत्रको राप्ती नदी प्रणालीमा छाडिएको छ। निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार मंगलबार २० वटा घडियाल नदीमा छाडिएको हो, जसमा तीन [...]

माघ २९ गते, २०८२ १६:०१ मा प्रकाशित

निर्वाचन : सकियो ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।आजसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। हालसम्म [...]

माघ २९ गते, २०८२ १३:४३ मा प्रकाशित

‘दुरुपयोग गर्ने उद्देश्यले रातो किताबमा पारिएका धेरै बजेट कटौती गरेका छौँ’

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हुने भएकाले सोहीअनुसार कामकाज भइरहेको बताएकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आज (बुधबार) यहाँ आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरण तथा नियन्त्रण गरी सुशासन [...]

माघ २९ गते, २०८२ १३:३० मा प्रकाशित

आज कुन प्रदेशको मौसम कस्तो?

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका [...]

माघ २९ गते, २०८२ ०९:१० मा प्रकाशित