वैशाख २५ २०८३, शुक्रबार

समाचार

खाद्यले धान खरिद नगर्दा किसान चिन्तित

     भजनी, ८ पुस कैलालीको टीकापुर नगरपालिका– ६ का विक्रम चौधरी यस वर्ष वर्षा कम भएका कारण धान उत्पादन राम्रो हुने भन्दै खुसी हुनुहुन्थ्यो । बाह्र बिघा क्षेत्रफलमा धान खेती गर्नुभएका विक्रम आफ्नो खेतको धान हेरेर आफँै मख्ख पर्नुहुन्थ्यो । उहाँको [...]

पुष ८ गते, २०७८ १३:३० मा प्रकाशित

कांग्रेस महाधिवेशन ः दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

         काठमाडौँ, ८ पुस नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, [...]

पुष ८ गते, २०७८ १३:२४ मा प्रकाशित

चार हजारको मतदाता नामावली दर्ता

    दमौली, ८ पुसतनहुँ जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानमा स्थानीय तहबाट चार हजार मतदाताको नामावली सङ्कलन गरिएको छ । पहिलोचरणमा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित अभियानमा तीन हजार ९१४ जनाको फोटोसहितको नामावली सङ्कलन गरिएको हो । [...]

पुष ८ गते, २०७८ ११:५३ मा प्रकाशित

नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता

         भक्तपुर, ८ पुस  विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुर–नगरकोट सडक निर्माण आगामी चैत १५ गतेभित्र सम्पन्न गर्ने कमलविनायक–नगरकोट सडक निर्माण आयोजना तथा निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले प्रतिबद्धता जनाएको छ ।         सडक छिटो निर्माण सम्पन्नका लागि दबाब दिन चाँगुनारायण नगरपालिकाले बुधबार रातिसम्म [...]

पुष ८ गते, २०७८ ११:५२ मा प्रकाशित

पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माण गरिँदै

      कञ्चनपुर, ८ पुस  पर्यटकीय गतिविधिलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ मा भौतिक पूर्वाधार निर्माणको कार्यलाई अगाडी बढाइएको छ ।         नेपाल पर्यटन बोर्डको सहयोगमा जागरुक समाजको सिर्जना नामक संस्थाको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रु २७ लाखको लागतमा भौतिक [...]

पुष ८ गते, २०७८ ११:४९ मा प्रकाशित

हल्का हिमपातको सम्भावना

         काठमाडौँ, ८ पुस पश्चिमी वायुको प्रभावले आज देशका पहाडी भूभागमा आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।         जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको [...]

पुष ८ गते, २०७८ ११:४५ मा प्रकाशित

बढ्यो सुनको मूल्य, प्रतितोला ९३ हजार तीन सय

           काठमाडौँ, ८ पुस  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले बढेर रु ९३ हजार ३०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो ।         नेपाल सुनचाँदी व्यवसायी [...]

पुष ८ गते, २०७८ ११:४० मा प्रकाशित

मनकामना केबलकार नियमित सञ्चालन

     मुग्लिन, ८ पुस  नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो ।         मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको [...]

पुष ८ गते, २०७८ ०९:२१ मा प्रकाशित

भद्रपुरमा प्रथम बालमैत्री नगर घोषणा दिवस मनाइयो

         झापा, ८ पुस ‘संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर’ भन्ने नाराका साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको पहिलो दिवस विविध कार्यक्रमसहित मनाएको छ ।         नगर बाल सञ्जालकी अध्यक्ष [...]

पुष ८ गते, २०७८ ०९:१९ मा प्रकाशित