वैशाख २५ २०८३, शुक्रबार

समाचार

घट्यो सुनको मूल्य

        काठमाडौँ, २२ पुस    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ९२ हजार ३०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक [...]

पुष २२ गते, २०७८ ११:४० मा प्रकाशित

चिसो भुइँमा बसेर पढ्न बाध्य बालबालिका

       कञ्चनपुर, २२ पुस शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुरमा रहेको बालविकास केन्द्रका बालबालिका चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन् । वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन् ।         दुर्गम [...]

पुष २२ गते, २०७८ ११:२३ मा प्रकाशित

चिसो बढेपछि विद्यालय बन्द

       राँझा, २२ पुसचिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।         बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् । [...]

पुष २२ गते, २०७८ ११:१६ मा प्रकाशित

सिलिण्डर पड्किएर महिलाको मृत्यु

        बनियानी, २२ पुसझापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाने एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।         मेचीनगर–७ का केशव पाठकको घरमा आगलागी भएको र आगो निभाउन जाँदा घरमा रहेको ग्यास [...]

पुष २२ गते, २०७८ ११:१२ मा प्रकाशित

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

  चितवन, २२ पुस शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताउनुभयो । उहाँको [...]

पुष २२ गते, २०७८ ११:०८ मा प्रकाशित

बालबिवाहका कारण शिक्षाको अवसरबाट वञ्चित

    म्याग्दी, २२ पुसधौलागिरि गाउँपालिका–३ मुनाकी २० वर्षीया सरु रसाइली आमा बनेको तीन वर्ष भयो । सोह« वर्षको उमेरमा भागी विवाह गरेकी मालिका–१ निस्कोट माइती भएकी सरु १७ वर्षमै आमा बन्नुभएको हो ।         पन्ध्र वर्षकै उमेरमा विवाह गरेकी मुनाकै २५ वर्षीया [...]

पुष २२ गते, २०७८ ११:०२ मा प्रकाशित

चिसोका कारण सिरहामा वृद्धाको मृत्यु

    जनकपुर, २२ पुस  विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो ।        घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी [...]

पुष २२ गते, २०७८ १०:५६ मा प्रकाशित

वादी समुदायलाई नयाँ घर

      अर्घाखाँची, २२ पुसपैतीस वर्षसम्म जङ्गलमा त्रिपालको सहारामा दिन काट्दै आएका वादी समुदाय अहिले खुसी भएका छन् । गरिबीका कारण त्रिपालले छाएको छाप्रोमा कष्टकर जीवन बिताउँदै आएका सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीका बादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएपछि नयाँ घरमा बस्न पाउँदा [...]

पुष २२ गते, २०७८ १०:५२ मा प्रकाशित

तिला र तातोपानी गाउँपालिका तीन महिनादेखि अन्धकारमा

कर्णाली, २२ पुस गत कात्तिक १ गते आएको भीषण बाढी र पहिराका कारण जुम्लाका तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् । बाढीले लघु जलविद्युत् बगाएर लगेपछि बस्ती अन्धकारमा परिणत भएका हुन् ।         करिब एक शताब्दीपछि आएको भीषण बाढी [...]

पुष २२ गते, २०७८ १०:५१ मा प्रकाशित