काठमाडौँ, ११ माघनिर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन[...]
कञ्चनपुर, ११ माघ: कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहँुदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ प्रमाणित भएको [...]
माघ ११ गते, २०७८ १०:५५ मा प्रकाशित
जाजरकोट, ११ माघ उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमताकै बीचमा पनि जीवन चलाउनुपर्ने बाध्यता छ । काठमाडौँबाट [...]
माघ ११ गते, २०७८ १०:५० मा प्रकाशित
सिन्धुपाल्चोक, ११ माघ मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन् । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले [...]
माघ ११ गते, २०७८ १०:४२ मा प्रकाशित
रसुवा, ११ माघ रसुवा भन्सार कार्यालय टिमुरेबाट रु चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो [...]
माघ ११ गते, २०७८ १०:४१ मा प्रकाशित
मुगु, ११ माघ छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् । कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी सडकको छ किलोमिटर [...]
माघ ११ गते, २०७८ १०:४० मा प्रकाशित
भजनी, ११ माघखुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले [...]
माघ ११ गते, २०७८ १०:३० मा प्रकाशित
काठमाडौँ, ११ माघ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट [...]
माघ ११ गते, २०७८ १०:२८ मा प्रकाशित
सिमकोट, ११ माघहुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका–१ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । करिब तीन महिनाअघि स्थापना भएको प्रहरी पोष्टद्वारा नागरिकलाई सहज भएको छ । छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुँदा उक्त क्षेत्रमा प्रहरीको माग भएपछि अस्थायी प्रहरी [...]
माघ ११ गते, २०७८ १०:२० मा प्रकाशित
बागलुङ, ११ माघ केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उहाँको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ । चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्नुहुन्थ्यो । नपुग्दो [...]
माघ ११ गते, २०७८ १०:१९ मा प्रकाशित