वैशाख २३ २०८३, बुधवार

समाचार

माधवनारायणका बर्तालु फर्किए शालिनदीमा

      काठमाडौँ, २० माघ साँखुस्थित शालिनदीमा माधवनारायणको एक महिने व्रत गरिरहेका बर्तालुले पहिलो चरणको तीन दिने तीर्थ यात्रा सम्पन्न गरी आज पूर्ववत् नित्यकर्म गरेका छन् ।        तीर्थयात्राका लागि सोमबार बिहान शालिनदीबाट हिँडेका बर्तालु बुधबार राति तीनदिने कार्यक्रम सम्पन्न गरी साँखु आएपछि आज [...]

माघ २० गते, २०७८ १६:२१ मा प्रकाशित

चिया बगान मासेर खनिएको सडक बन्द गरियो

    मङ्गलबारे, २० माघइलामको कन्याममा सार्वजनिक जग्गा मासेर खनिएको सडक बन्द गरिएको छ । नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयको युवाले सो सडक पुरेर बन्द गरेका हुन् ।        सडक खनेपछि आन्दोलित युवाहरुले केही दिनअघि [...]

माघ २० गते, २०७८ १६:२० मा प्रकाशित

एमसीसीमा सभामुखको सक्रियता : क्षेत्राधिकार बाहिरको छटपटी

२० माघ, काठमाडौं अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक रुपमा अगाडि बढाउन खोजेका छन् । प्रधानमन्त्रीको यो कदमले देशको राजनीति तरंगित छ । यो तरंग सभामुखको कुर्सीसम्म पुगेको छ । सभामुख सहमत नभएसम्म एमसीसी [...]

माघ २० गते, २०७८ १२:१७ मा प्रकाशित

सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प ।

सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ । किसान हकहितका लागि भन्दै गरिएको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा यातायात ठप्प भएको छ। यस्तै, राजमार्ग बन्द हुँदा मधेस प्रदेश हुँदै पूर्व(पश्चिम जाने आउने लामो दूरीका गाडी [...]

माघ २० गते, २०७८ १२:०९ मा प्रकाशित

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर 

       काठमाडौँ, २० माघ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]

माघ २० गते, २०७८ ११:३९ मा प्रकाशित

लोकगायक खत्री सक्रिय राजनीतिमा

      बागलुङ, २० माघ  लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन हुनुभएको छ । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उहाँसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो ।        गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय [...]

माघ २० गते, २०७८ ११:३४ मा प्रकाशित

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

     लमजुङ, २० माघराइनास नगरपालिका वडा नं ६ घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । बुधबार नगरपालिका वडा नं ५ तीनपिप्लेबाट वडा नं ६ धमिलिकुवातर्फ आउँदै गरेको ग १ त ४४४५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा धमिलिकुवाका [...]

माघ २० गते, २०७८ ११:३३ मा प्रकाशित

गृहमन्त्रीद्वारा प्रजिअसँग जानकारी

        काठमाडौँ, २० माघ गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिनुभएको छ ।         उहाँले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिनुभएको हो । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग [...]

माघ २० गते, २०७८ ११:२६ मा प्रकाशित

गुणस्तरहीन सामग्री तत्काल हटाउन निर्देशन

     कञ्चनपुर, २० माघ  शुक्लाफाँटा नगरपालिका–८ बेलडाँँडीमा रोड साइड ड्रेन निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको पाइएपछि हटाउन निर्देशन दिइएको छ ।         बन्साहा, कलुवापुर, दोमिल्ला जोडने सडक खण्डअन्र्तगतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा प्रयोग भएका बालुवा, इट्टालगायतका निर्माण सामग्री गुणस्तरहीन पाइएपछि [...]

माघ २० गते, २०७८ ११:२६ मा प्रकाशित