मङ्गलबारे, २५ माघ गएको चार महिनादेखि पहिरो गएर अवरुद्ध भएको मेची राजमार्ग खुलेको छ । पहिरो झरेर छिनेको इलाम सदरमुकामस्थित धोबीधारा नजिकैको सडक मर्मतपछि सोमबार साँझदेखि खुलेको हो ।[...]
बलेवा, २५ माघ नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग)को मृत्यु भएको छ । शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो [...]
माघ २५ गते, २०७८ ०९:२६ मा प्रकाशित
चितवन, २५ माघगैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् । न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी [...]
माघ २५ गते, २०७८ ०९:२६ मा प्रकाशित
महेन्द्रनगर, २५ माघझण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । महिनौँ [...]
माघ २५ गते, २०७८ ०९:१७ मा प्रकाशित
तुलसीपुर, २५ माघ तुलसीपुर उपमहानगरपालिका–३ र ४ को पहाडी क्षेत्रमा उत्खननका लागि अनुमति प्रदान गर्न थालिएको भन्दै यस क्षेत्रका राजनीतिक दलले आपत्ति जनाएका छन् । सोमबार तुलसीपुरमा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले चुनढुङ्गा उत्खनन अनुमति रोक्नका लागि सम्बन्धित निकायमा दबाब [...]
माघ २५ गते, २०७८ ०९:१६ मा प्रकाशित
इनरुवा, २५ माघ सुनसरी बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष सङ्गीताकुमारी राय, पालिकाका वडाध्यक्षलगायत जनप्रतिनिधिको उपस्थितिमा सो भवन उद्घाटन गर्नुभएको हो । गाउँपालिकाका [...]
माघ २५ गते, २०७८ ०९:१६ मा प्रकाशित
मार्तडी, २५ माघबाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाले शैक्षिक सुधार र सहजरूपमा गुणस्तरीय शिक्षा हासिलका साथै विद्यार्थीलाई धुलो र चिसोबाट जोगाउन विद्यालयमा धुलोमुक्त अभियान अघि सारेको छ । गाउँपालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकालाई गुणस्तर शिक्षा दिन [...]
माघ २५ गते, २०७८ ०९:१६ मा प्रकाशित
काठमाडौँ, २५ माघगृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक [...]
माघ २५ गते, २०७८ ०९:१५ मा प्रकाशित
२४ माघ, काठमाडौं नेकपा एमालेका उप-महासचिव प्रदीप ज्ञवालीले निर्वाचन आयोगलाई साधन स्रोत सम्पन्न बनाउन सरकारसँग आग्रह गरेका छन् । सरकारले आउँदो वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि अनलाइनखबरसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले सरकारले निर्वाचन आयोगलाई सम्पूर्ण रुपले [...]
माघ २४ गते, २०७८ १८:३० मा प्रकाशित
२४ माघ, काठमाडौं पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो [...]
माघ २४ गते, २०७८ १८:२१ मा प्रकाशित