वैशाख ९ २०८२, मंगलबार

राजनीति

अध्यादेश पेश

काठमाडौँ, ३ साउन प्रतिनिधिसभामा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८ लगायत अध्यादेश पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती अध्यादेश सभासमक्ष पेश गर्नुभएको हो । बैठकमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, [...]

साउन ३ गते, २०७८ १७:५४ मा प्रकाशित

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

३ साउन, काठमाडौं सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाका आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने [...]

साउन ३ गते, २०७८ १५:५० मा प्रकाशित

प्रदीप ज्ञवालीको विश्लेषण : माधव नेपाल बेग्लै कोर्समा हिंड्न खोज्नुभयो

३ साउन, काठमाडौं नेकपा एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बेग्लै कोर्समा हिंड्न चाहेको बताएका छन् । एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका ज्ञवालीसहितका  नेताहरुले आइतबार बिहान वरिष्ठ नेता नेपाललाई भेटेका थिए [...]

साउन ३ गते, २०७८ १५:३७ मा प्रकाशित

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नेता खनालको आग्रह

काठमाडौँ, ३ साउन नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदलाई आह्वान गर्नुभएको छ ।स्वास्थ्योपचारका लागि भारतको नयाँदिल्लीमा रहनुभएका पूर्व प्रधानमन्त्री खनालले आज एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन भएको स्थितिमा संसद् जोगाउन [...]

साउन ३ गते, २०७८ १५:१३ मा प्रकाशित

जसपा विवादबारे निर्वाचन आयोगमा सुनुवाइ जारी

काठमाडौं, साउन ३ जनता समाजवादी पार्टी नेपालको आन्तरिक विवादबारे निर्वाचन आयोगमा सुनुवाइ भएको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरू रहेको इजलासमा आइतबार बिहान ११ बजेदेखि सुनुवाइ जारी छ।निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सुनुवाइ जारी रहेको सेतोपाटीलाई बताए।  जसपामा अध्यक्षद्वय [...]

साउन ३ गते, २०७८ १२:१६ मा प्रकाशित

एमाले स्थायी कमिटी बैठक सुरू, माधव नेपाल समूह अनुपस्थित

काठमाडौं, साउन ३ नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक केहीबेर अघि सुरू भएको हो।बैठकमा पार्टीको आन्तरिक विवाद, विधान अधिवेशन र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने भएको छ।वरिष्ठ नेता [...]

साउन ३ गते, २०७८ १२:०९ मा प्रकाशित

कार्यव्यवस्था परामर्श समितिमा एमालेले भन्यो- आज विश्वासको मत नलिऔं

काठमाडौं, साउन ३ संसदको कार्यव्यवस्था समिति बैठकमा नेकपा एमालेले आजको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम नराख्न नहुने बताएको छ।प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिने भएपछि कार्यव्यवस्था परामर्श समितिमा एमालेले आज त्यो प्रक्रिया अघि नबढाउन आग्रह गरेको हो। ‘प्रधानमन्त्रीको विश्वासको मत लिने [...]

साउन ३ गते, २०७८ ११:५८ मा प्रकाशित

नेपाल पक्षका नेताहरू कोटेश्वरमा

काठमाडौं, साउन ३ नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू नेपाल निवास कोटेश्वर पुगेका छन्।१० बुँदे सहमति कार्यान्वयन गराउने विषयमा छलफल गर्न कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू कोटेश्वर पुगेका हुन्।यसअघि हिजो साँझ दुबै पक्षका नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई [...]

साउन ३ गते, २०७८ ११:५१ मा प्रकाशित

प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिँदै

काठमाडौँ, ३ साउन प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिनुुहुने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुुभएको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी [...]

साउन ३ गते, २०७८ ११:३६ मा प्रकाशित