वैशाख १७ २०८३, बिहीबार

खेल

धुर्मुस–सुन्तलीको क्रिकेट रङ्गशाला अभियानमा गाउँपालिकाद्वारा ११ लाख सहयोग

गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले रु ११ लाख ११ हजार १११  सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको अध्यक्ष गीताकुमारी [...]

माघ २६ गते, २०७६ ११:४८ मा प्रकाशित

भिएआर प्रविधी सहितको बूढासुब्बा गोल्डकप फागुन १० देखि

बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ ।

माघ २३ गते, २०७६ १६:५१ मा प्रकाशित

के जित्ला त ओमनले अमेरिका लाइ ?

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले ओमानलाई जितका लागि २ सय १४ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुँदै २ सय १३ रन [...]

माघ २३ गते, २०७६ १४:१४ मा प्रकाशित

नेपाली क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालको राजीनामा गलत समयमा

२१ माघ, काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । उनले काठमाडौंमा पर्सिबाट सुरु हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएका हुन् । विश्वकप लिग टूमा [...]

माघ २१ गते, २०७६ १०:२९ मा प्रकाशित

हसिमको उत्कृष्ट प्रदर्शनमा प्रदेश २ विजयी

काठमाडौं । हसिम अन्सारीको उत्कृष्ट प्रदर्शनमा प्रदेश नम्बर २ ले जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेटको प्रतियोगितामा विजय सुरुआत गरेको छ ।   समूह बीअन्तर्गत बिहीबार भएको खेलमा कर्णाली प्रदेशमाथि ८ विकेटको नतिजा निकाल्दै प्रदेश २ ले विजय [...]

पुष २४ गते, २०७६ १५:४९ मा प्रकाशित

सन्तोषको सय गोल

च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले लिगमा एक सयाैं गोल पूरा गरेका छन्। बुधबार नेपाल पुलिस क्लव विरुद्धको खेलको १७औं मिनेटमा गोल गर्दै लिगमा आफ्नो गोलसंख्या १०० पुरा गरेका हुन्। लिगमा १०० गाेल पुरा गर्ने उनी पहिलाे नेपाली फुटबल खेलाडी [...]

पुष २४ गते, २०७६ ०८:३८ मा प्रकाशित

शंकटालाई राहत

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगनमा शनिबार न्यूरोड टिन (एनआरटी)लाई पराजित गर्दै ३ अंक जोडेपछि शंकटा क्लबका प्रशिक्षक विजय महर्जन निकै उत्सहित थिए ।गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता भएको शंकटा सम्हालेका प्रशिक्षक विजयसामू पुरानै साख जोगाउने [...]

पुष ५ गते, २०७६ २१:३६ मा प्रकाशित

१३ औं साग बक्सिङ : मुक्केबाज सनिल शाहीले नेपालको स्वर्ण संख्या ५० पु-याए

काठमाडौं , २४ मंसिर :-  १३ औं दक्षिण एसियाली खेलकुद सागको अन्तिम दिनको खेलमा नेपालले बक्सिङमार्फत आफ्नो पदक खातामा एक स्वर्ण र दुई रजत पदक थप्न सफल भएको छ । मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको [...]

मंसिर २४ गते, २०७६ १५:१४ मा प्रकाशित

नेपालले अर्को स्वर्ण जित्यो, तेक्वान्दोमा संगीताले भारतलाई हराइन्

काठमाडौँ :-   नेपालले तेक्वान्दोमा अर्को स्वर्णपदक जितेको छ ।  महिला ६२ केजी तौल समूहमा संगीता बस्यालले स्वर्ण पदक जितेकी हुन् । उनले भारतकी गगनजोत जिललाई १९–८ ले हराएकी हुन् ।

मंसिर १८ गते, २०७६ १६:३१ मा प्रकाशित