वैशाख १७ २०८३, बिहीबार

खेल

नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने : साफ च्याम्पियनसिप

३ भदौ, काठमाडौं, दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १३औँ संस्करणमा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल आगामी असोज १५ गते माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा हुनेछ ।  दक्षिण एशियाली फुटबल महासङ्घ [...]

भदौ ३ गते, २०७८ ०८:०१ मा प्रकाशित

बाँके तेक्वान्दो संघको अध्यक्षमा लामिछाने चयन

तेक्वान्डो खेलाडीहरुको भेलाले जिल्ला नेतृत्व चयन गरेको छ । कोहलपुरमा सम्पन्न खेलाडीहरुको भेलाले प्रकाश लामिछानेको अध्यक्षतामा सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको हो । चयन भएको कार्यसमिति उपाध्यक्षमा सरोज उप्रेती, सचिवमा जंगविर चौधरी, कोषाध्यक्षमा तिर्थ बहादुर शाही चयन भएका छन् [...]

भदौ १ गते, २०७८ १७:२४ मा प्रकाशित

नेपालमै पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन

कास्की, २९ साउन  खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को [...]

साउन २९ गते, २०७८ ११:०९ मा प्रकाशित

टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

      काठमाडौँ, २५ साउनजापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक [...]

साउन २५ गते, २०७८ १०:५३ मा प्रकाशित

उत्कृष्ट शुरुवात, युभेन्टस ३–० ले पराजित मेस्सी बिनाको बार्सिलोनाको

२५ साउन, काठमाडौं, बार्सिलोनाले सन् २०२१/२२ सिजन उत्कृष्ट तरिकाले सुरुवात गरेको छ । वार्षिकरुपमा खेलिने जोआन ग्याम्पर ट्रफीमा बार्साले युभेन्टसलाई ३–० गोलले पराजित गरेको हो । लियोनेल मेस्सीले क्लब छाडेपछिको पहिलो खेल एस्टाडी जोहान क्रायफ मैदानमा ३ हजार समर्थकसामु खेलिएको [...]

साउन २५ गते, २०७८ ०८:३२ मा प्रकाशित

बार्सिलोनाबाट बिदाइ हुँदा मेस्सीको रुवाबासी

काठमाडौँ, २४ साउन । केही दिनअघिसम्म बार्सिलोनामा रहेका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट बिदाइ भएको छ । सम्झौता नवीकरण नभएपछि गएको बिहीवारदेखि मेस्सीले बार्सिलोना छाडेका थिए । आज आइतवार क्लबले गरेको बिदाइ कार्यक्रममा मेस्सी निकै बेर रोएका छन् । स्टेजमा [...]

साउन २४ गते, २०७८ १८:१९ मा प्रकाशित

भलिबलमा अमेरिकालाई स्वर्ण

काठमाडौँ, २४ साउन विश्वखेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै [...]

साउन २४ गते, २०७८ १७:५८ मा प्रकाशित

राष्ट्रिय क्रिकेट टोलीको फिटनेस सुधारमा गोहिल

काठमाडौँ, २४ साउन   नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्ट्रेन्थ र कन्डिसन प्रशिक्षकमा भारतका राकेशकुमार काशीभाई गोहिललाई नियुक्त गरेको छ । गोहिललाई ३८ जना प्रतिस्पर्धीबाट छनोट गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । खेलाडीको फिटनेश सुधारमा गोहिलको [...]

साउन २४ गते, २०७८ १७:३७ मा प्रकाशित

विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि

    काठमाडौँ, २१ साउन   आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ ।         आगामी सेप्टेम्बरमा ओमनमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा [...]

साउन २१ गते, २०७८ १५:०७ मा प्रकाशित