वैशाख २४ २०८३, बिहीबार

समाचार

प्रदेश नं २ का चार मन्त्रालय महिनौँदेखि सचिवविहीन

       धनुषा, २ मङ्सिर  प्रदेश नं २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं वाणिज्य तथा [...]

मंसिर २ गते, २०७८ १२:०९ मा प्रकाशित

सुनको मूल्यमा सामान्य वृद्धीः चाँदीको स्थिर

काठमाडौँ, २ मङ्सिर    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९४ हजार ५०० कायम भएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो ।         नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक [...]

मंसिर २ गते, २०७८ १२:०३ मा प्रकाशित

न्यून चापीय क्षेत्रको प्रभावले बदली र हिमपात

      काठमाडौँ, २ मङ्सिर नेपालमा हाल अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।        उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी [...]

मंसिर २ गते, २०७८ ११:५४ मा प्रकाशित

डोजर पल्टिँदा चालकको मृत्यु

देउखुरी, २ मङ्सिर बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको [...]

मंसिर २ गते, २०७८ १०:०४ मा प्रकाशित

नक्कली नोटसहित पाँच पक्राउ

          काठमाडौँ, २ मङ्सिरनेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको [...]

मंसिर २ गते, २०७८ ०९:४२ मा प्रकाशित

रोल्पाका युवा व्यवसायी डाँगी छैटौँ पटक सम्मानीत

रोल्पा, २ मङ्सिर यहाँका एक युवा व्यवसायी लगातार छैटौँ पटक जिल्लाकै उत्कृष्ट करदाताका रुपमा सम्मानित हुनुभएको छ । रोल्पा नगरपालिका–४ का युवा व्यवसायी सागर विक्रम डाँगी जिल्लाकै सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीका रुपमा करदाता सेवा कार्यालय प्युठानबाट छैटौँ पटक [...]

मंसिर २ गते, २०७८ ०९:३० मा प्रकाशित

अदालतको आदेशपछि निर्वाचनको तयारी गर्दै खानेपानी संस्था

तुलसीपुर, २ मङ्सिरलामो समयदेखि हुन नसकेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन हुने पक्का भएको छ । उच्च अदालत तुलसीपुरले पत्र प्राप्त भएको एक महिनाभित्रमा आर्थिक प्रतिवेदन पारित गरी खानेपानीको निर्वाचन गर्न निर्देशन गरेको छ । सोहीअनुसार संस्थाको बैठकले [...]

मंसिर २ गते, २०७८ ०९:२१ मा प्रकाशित

आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र

        बझाङ, २ मङ्सिरकृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु खेतीमा कृषकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा [...]

मंसिर २ गते, २०७८ ०८:४२ मा प्रकाशित

एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल ¥याली

        चितवन, २ मङ्सिर    नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल ¥याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल ¥याली गरिने बताउनुभएको हो [...]

मंसिर २ गते, २०७८ ०८:३७ मा प्रकाशित