वैशाख २४ २०८३, बिहीबार

समाचार

दूरसञ्चार सेवाबाट कोही पनि नागरिक बञ्चित नहुन् : मन्त्री कार्की

         काठमाडौँ, ३ माघसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ग्रामीण क्षेत्रका जनताले सर्वसुलभ दूरसञ्चार सेवा पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभएको छ ।         जमलस्थित नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयको आज निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री कार्कीले सूचना र प्रविधिको युगमा दूरसञ्चार जस्तो [...]

माघ ३ गते, २०७८ १६:०९ मा प्रकाशित

चितवन कोरोनाको उच्च जोखिममा

          चितवन, ३ माघ चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ ।        सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको [...]

माघ ३ गते, २०७८ १५:२३ मा प्रकाशित

जुम्लाको गुठीचौरमा राजश्व सङ्कलन

         खलङ्गा, ३ माघ जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा करिब चार लाख राजस्व सङ्कलन भएको छ । गुठिचौर गाउँपालिकाका अनुसार तीन लाख ८२ हजार ८६८ सङ्कलन भएको राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताउनुभयो ।        गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व सङ्कलन भएको छ । [...]

माघ ३ गते, २०७८ १५:०६ मा प्रकाशित

शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न आग्रह

          पर्वत, ३ माघ कोभिड–१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाई पर्वतले आग्रह गरेको छ । जिल्लाका अधिकांश क्षेत्रमा विद्यालय खुला गरेर स्वास्थ्यमापदण्ड बिनानै कक्षा सञ्चालन भइरहेपछि [...]

माघ ३ गते, २०७८ १४:०७ मा प्रकाशित

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित

       काठमाडौँ, ३ माघ प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ ।         कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । [...]

माघ ३ गते, २०७८ १३:५६ मा प्रकाशित

नदीमा अवैध दोहन रोक्ने स्थानीयतहको प्रतिबद्धता–

 महोत्तरी, ३ माघ आफ्नो पदावधिको उत्तराद्र्धमा आएर बर्दिबास नगरपालिकाका जनप्रतिनिधिले नदीमा हुँदै आएको अवैध दोहन निस्तेज गर्ने प्रतिबद्धता जनाएका छन् ।नगरक्षेत्रका नदीबाट कानुनविपरीत बालुवा, ढुङ्गा उत्खनन गरी निर्यात गर्दै आएका र अवैधरूपले सञ्चालनमा ल्याइएका क्रसर उद्योग तत्काल बन्द गरिने नगरप्रमुख [...]

माघ ३ गते, २०७८ १३:५५ मा प्रकाशित

घरेलुमा पर्यटन शाखा रहने

      बागलुङ, ३ माघ गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन शाखा (एकाइ) रहने भएको छ ।        बागलुङ पर्यटन विकास समितिका पदाधिकारीसँगको छलफलमा प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले सो को जानकारी [...]

माघ ३ गते, २०७८ १३:२५ मा प्रकाशित

प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा कोइरालाको स्मारकस्थल उपेक्षित

   महोत्तरी, ३ माघ नियमित सम्भार र रेखदेख नपाएपछि मटिहानी–७ स्थित शहीद केशव कोइरालाको स्मारकस्थल खण्डहरजस्तै बनेको छ । उहाँ नेपाली प्रजातान्त्रिक –लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो ।         नेपाली कांग्रेसको आह्वानमा सशस्त्र आन्दोलनको तयारी गरिरहँदा उहाँलाई तत्कालीन निरंकुश पञ्चायती शासकले २०३१ साल [...]

माघ ३ गते, २०७८ ११:३६ मा प्रकाशित

अनलाइन टोकन प्रणाली सुरु

         चितवन, ३ माघ   जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन लागू गरेको हो ।         सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी [...]

माघ ३ गते, २०७८ १०:३८ मा प्रकाशित