वैशाख २४ २०८३, बिहीबार

समाचार

लुुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप

देउखुरी, १७ माघ लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो [...]

माघ १७ गते, २०७८ १४:१५ मा प्रकाशित

ऊर्जा मन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट

    काठमाडौँ, १७ माघ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज उहाँहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो ।         सो अवसरमा मन्त्री भुसालले [...]

माघ १७ गते, २०७८ १४:०८ मा प्रकाशित

निर्वाचनको मिति घोषणा गर्न माग

काठमाडौँ, १७ माघ लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालले स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ ।      सो सङ्गठनका महासचिव जगदीशप्रसाद अधिकारीले आज विज्ञप्ति जारी गरी संविधान र लोकतन्त्रको रक्षाका लागि आमनागरिकको सेवा सुविधासँग सरोकार रहेको स्थानीय तहको [...]

माघ १७ गते, २०७८ १३:५९ मा प्रकाशित

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

झापा, १७ माघजङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।       बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु [...]

माघ १७ गते, २०७८ १३:५८ मा प्रकाशित

गृहमन्त्रीद्वारा १२ जिल्लाका प्रहरी प्रमुखसँग जिल्लाको शान्तिसुरक्षा र कोभिडबारे चासो

    काठमाडौँ, १७ माघ  गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गर्नुभएको छ ।         गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र [...]

माघ १७ गते, २०७८ १३:४७ मा प्रकाशित

प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

    काठमाडौँ, १७ माघ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ८०० तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको थियो ।    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]

माघ १७ गते, २०७८ १३:१४ मा प्रकाशित

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भन्दछन् ः ‘अझै समानता पाइएन’

     काठमाडौँ, १७ माघ    नेपाल परिवार नियोजन सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समानताका लागि विशेष गरी वैवाहिक समानता ९समलिङ्गी विवाह०, पहिचान तथा नागरिकता विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।         यसका लागि सङ्घले ‘विज्ञ कार्य समूह’ ९थिङ्क ट्याङ्क० गठन गरी [...]

माघ १७ गते, २०७८ १३:०४ मा प्रकाशित

खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

    सर्लाही, १७ माघ यहाँका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने छ ।        जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) [...]

माघ १७ गते, २०७८ १०:४९ मा प्रकाशित

तत्काल दूधको मूल्य बढाउन किसानको माग

        चितवन, १७ माघयहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको [...]

माघ १७ गते, २०७८ १०:४३ मा प्रकाशित