वैशाख २३ २०८३, बुधवार

समाचार

अन्तर्राष्ट्रिय रेडक्रसका महासचिव श्रीलङ्का प्रस्थान

       काठमाडौँ, २५ माघ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईं नेपाल भ्रमण पूरा गरी आज श्रीलङ्कातर्फ प्रस्थान गर्नुभयो ।          उहाँले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । सो जिम्मेवारी सम्हालेपछि उहाँ पहिलो नेपाल [...]

माघ २५ गते, २०७८ १४:३१ मा प्रकाशित

पाँच दिनपछि हुम्लामा हवाई सेवा सुरु

काठमाडौँ, २५ माघ हुम्लाको अन्तर जिल्ला जोड्ने हवाई सेवा पाँचौँ  दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ । विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि [...]

माघ २५ गते, २०७८ १०:१५ मा प्रकाशित

पहाडमा बदली तथा तराईमा कुहिरो

          काठमाडौँ, २५ माघहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु– कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।        आज दिउँसो प्रदेशन नं १, [...]

माघ २५ गते, २०७८ ०९:५७ मा प्रकाशित

शिक्षामा दशवर्षे योजना बनाउँदै खजुरा

    राँझा, २५ माघ बाँकेको खजुरा गाउँपालिकाले शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरेको छ । गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षासँग सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।        उहाँका अनुसार सबै पक्षलाई समेटी [...]

माघ २५ गते, २०७८ ०९:५१ मा प्रकाशित

प्रदेशसभाको दुई विषयगत समितिको सभापति पदका लागि मतदान हुँदै, प्राकृतिक स्रोत समितिमा निर्विरोध

     जनकपुर, २५ माघ  मधेस प्रदेशअन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा कृषि तथा भूमि व्यवस्था समिति सभापतिका लागि मतदान हुनेछ भने दिउँसो १ बजे सार्वजनिक [...]

माघ २५ गते, २०७८ ०९:५० मा प्रकाशित

नमोबुद्धका किसानलाई कृषि सामग्री

         बनेपा, २५ माघ :   काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिकाभित्रका किसानलाई खेती गर्नमा थप सहयोग प्रदान गर्ने उद्देश्यले किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाको चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण गरिएको हो [...]

माघ २५ गते, २०७८ ०९:५० मा प्रकाशित

हेटौँडा सिमेन्ट उद्योग महाप्रबन्धकविहीन

      बागमती, २५ माघ सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ ।        पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि [...]

माघ २५ गते, २०७८ ०९:४८ मा प्रकाशित

रक्तक्यान्सरपीडित बालकको उपचारमा समस्या

      म्याग्दी, २५ माघम्याग्दीको मालिका गाउँपालिका–२ रुमका रक्तक्यान्सरबाट थलिएका १० वर्षीय बालकको उपचारमा समस्या भएको छ । काठमाडौँको निजामती कर्मचारी (सिभिल) अस्पतालमा भर्ना भएका निश्चल विश्वकर्माको उपचारमा अर्थाभाव भएको हो । पुस २० गते अस्पताल भर्ना भएका निश्चलको उपचारमा हालसम्म [...]

माघ २५ गते, २०७८ ०९:२७ मा प्रकाशित

योजनाको प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्छौँ : मुख्यमन्त्री पोखरेल

      पर्वत, २५ माघ   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशमा धेरै सम्भवनाको खानी रहेको बताउनुभएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई पहिचान गरी सरकारले समृद्ध प्रदेश [...]

माघ २५ गते, २०७८ ०९:२७ मा प्रकाशित