वैशाख १८ २०८३, शुक्रबार

राजनीति

तीन प्रदेश प्रमुखहरूले भेटे उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले शिष्टाचार भेट गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगेर उनीहरूले उपराष्ट्रपति यादवसँग आज (मंगलबार) सामूहिक भेट गरेका हुन्। भेटमा उपराष्ट्रपति यादव [...]

चैत १० गते, २०८२ १८:४५ मा प्रकाशित

कतिले लिए आमाको नामबाट नागरिकता?

काठमाडौँ- नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको नामबाट दुई हजार ९४८ जनाले नागरिकता लिएका छन्। नयाँ नियमावली जारी भएपछि हालसम्म नयाँ व्यवस्थाअनुसार उनीहरुले नागरिकता प्राप्त गरेको गृह मन्त्रालयले जनाएको छ। चौथो पटक संशोधन गरिएको नेपाल नागरिकता नियमावली [...]

चैत १० गते, २०८२ १८:३९ मा प्रकाशित

प्रयोगमा आएनन् ४० प्रतिशत मतपत्र, अब के गरिन्छ?

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ। प्रतिनिधिसभा निर्वाचनमा ५९ प्रतिशत मत खसेकाले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीका लागि छापिएकामा ४० प्रतिशत मतपत्र प्रयोगविहीन भएका [...]

चैत १० गते, २०८२ १८:३५ मा प्रकाशित

राप्रपा सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने भएकी छन्। संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथका लागि तय गरेको कार्यतालिका अनुसार झापाकी सांसद ओलीले आफ्नो शपथको भाषा संस्कृत रोजेकी हुन्। संसद् सचिवालयले नेपालीबाहेकका [...]

चैत १० गते, २०८२ १०:४३ मा प्रकाशित

संसदीय दलको नेताबारे निर्णय गर्न रास्वपा बैठक बिहीबार बस्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । यही चैत १२ गते अपराह्न २ः०० बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिनको दिउँसो ४ः०० बजे रास्वपाले [...]

चैत १० गते, २०८२ १०:३७ मा प्रकाशित

एमालेले मातहतका कमिटीबाट माग्यो निर्वाचनको समीक्षा प्रतिवेदन

काठमाडौँ– नेकपा (एमाले) ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ। एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। तल्ला कमिटीबाट आएका सुझावका आधारमा [...]

चैत ९ गते, २०८२ २०:३७ मा प्रकाशित

नेकपाको संसदीय दलको कार्यालय रास्वपालाई, अरूको कता?

काठमाडौँ– संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूका लागि सिट संख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ। सिंहदरबारमा नयाँ संसद निर्माणको कार्य सम्पन्न नभएकाले हालकै संसद सचिवालय परिसरमा रहेको संरचनामा नै दलको कार्यालय व्यवस्थापन गरिएको हो। फागुन २१ गते सम्पन्न [...]

चैत ९ गते, २०८२ १८:११ मा प्रकाशित

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट मंगलबार छिनोफानो हुने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मंगलबार सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतमा आज (सोमबार) सुनुुवाइ नसकिएपछि मंगलबार सुनुवाइ हुने भएको हो। [...]

चैत ९ गते, २०८२ १८:०८ मा प्रकाशित

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क

काठमाडौँ- विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी [...]

चैत ९ गते, २०८२ ०९:२६ मा प्रकाशित