वैशाख २३ २०८३, बुधवार

राजनीति

प्रत्यायोजित व्यवस्थापन समितिको चार वर्षे कार्यकाल : कोरोना कहरदेखि बुर्जुवा शिक्षासम्मको समीक्षा

राजनीतिक र कोरोना संक्रमणका बीचमा पनि प्रत्यायोजित विधानका सम्बन्धमा मन्त्रालय र मातहतका निकायलाई अवगत गराउन, स्पष्ट पार्न, जागरूक र सचेत तुल्याउन सफल भएको दाबी गरिएको छ। प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको चार वर्षे कार्यकालको बुधबारको समीक्षा बैठकमा सभापति रामनारायण बिडारीले [...]

फागुन १९ गते, २०७८ १५:२८ मा प्रकाशित

कर्णालीमा प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज

कर्णाली, १९ फागुनकर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमै पहिलो अत्याधुनिक प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज प्रालिको समुद्घाटन गर्नुभएको छ ।      प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको औद्योगिक क्षेत्र परिसरमा तीन रोपनी जग्गामा स्थापना गरिएको इण्डस्ट्रिजको शुभारम्भ गर्दै उहाँले निजी क्षेत्रको लगानीमा [...]

फागुन १९ गते, २०७८ १४:४४ मा प्रकाशित

बाँकेमा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु

    राँझा, १९ फागुन नेपाली कांग्रेस बाँके जिल्लाको नयाँ नेतृत्वका लागि नेपालगञ्जमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चुन्न बिहान ९ः१५ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएको सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनमा एक [...]

फागुन १९ गते, २०७८ १४:४२ मा प्रकाशित

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ। आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बैठक बसेका हुन्। एमसिसी पारित भएको अवस्था, वैशाखमा हुने स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्। राष्ट्रिय जनमोर्चाले गठबन्धन छाडेको छ [...]

फागुन १९ गते, २०७८ १०:३४ मा प्रकाशित

धनगढीको मेयर उठ्ने गोपाल हमालको घोषणा

विवेकशील साझा पार्टी छाडेका गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। आज धनगढीमा कार्यक्रम गर्दै उनले स्वतन्त्र ढंगले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। ‘म धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र ढंगले उम्मेदवारी दिने घोषणा गर्दछु,’ आज धनगढीमा आयोजित घोषणा सभामा [...]

फागुन १९ गते, २०७८ १०:२४ मा प्रकाशित

जनताको समस्या संसदमा नराखी ज्याला लिनु लज्जास्पद: बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद अवरोधको निकास खोज्न नसक्नु गैरजिम्मेवारीपन भएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्। उनले जनताको समस्या संसदमा नराखी ज्याला लिनु [...]

फागुन १८ गते, २०७८ १८:२५ मा प्रकाशित

राप्रपा नेपालको केन्द्रिय उपाध्यक्षमा बाँकेका प्रतिष्ठित उद्यमी राय

राप्रपा नेपालको केन्द्रिय उपाध्यक्षमा बाँकेका प्रतिष्ठित उद्यमी राजेन्द्र विर राय चयन भएका छन् ।अध्यक्ष कमल थापाले पाटीको विधान अनुसार १६ जनालाई उपाध्यक्ष र सह महामन्त्रीको रुपमा पदाधिकारी मनोनयन गरेका हुन् । उपाध्यक्षमा चयन भएका राय यस क्षेत्रका प्रतिष्ठित उद्यमी तथा [...]

फागुन १८ गते, २०७८ १६:४८ मा प्रकाशित

‘अन्तालिया डिप्लोमेसी फोरम’मा भाग लिन परराष्ट्र मन्त्री टर्की जाने

परराष्ट्र मन्त्री नारायण खड्का टर्की जाने भएका छन्। सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्र मन्त्रीको नेतृत्वमा टर्की जाने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए। उनका अनुसार मन्त्री खड्का नेतृत्वको टोली अन्तालिया डिप्लोमेसी [...]

फागुन १८ गते, २०७८ १५:२४ मा प्रकाशित

मन्त्रिपरिषदबाट परराष्ट्र मामिला अध्ययन विकास प्रतिष्ठानका सदस्य मनोनयन

मन्त्रिपरिषदले परराष्ट्र मामिला अध्ययन विकास प्रतिष्ठानमा सदस्यहरू मनोनीत गरेको छ। दुर्गाप्रसाद भट्टराई, प्रा डा कुशुम शाक्य, प्रज्ञा घिमिरे, बालानन्द शर्मा, शेखर गोल्छा र प्रेमप्रसाद लिम्बूलाई सदस्य मनोनीत गरिएको हो। प्रतिष्ठानमा ६ जना सदस्य मनोनीत गर्ने निर्णय भएको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर [...]

फागुन १८ गते, २०७८ १५:१२ मा प्रकाशित