केही हप्तामै सुकुम्वासीहरूको हातमा लालपुर्जा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले अबको केही हप्तामा सुकुम्वासीहरुलाई लालपुर्जा वितरण गर्ने बताएकी छन्। पत्रकारहरूसँग प्रतिक्रिया दिँदै संरचनाहरू बनिरहेकाले केही समयमा वास्तविक सुकुम्वासीहरूले लालपुर्जा पाउने बताएकी हुन्।
‘पुराना संरचनाहरूले काम गरेनन् र केही रिजल्ट (नतिजा) दिन सकेनन् भनेर फरक किसिमबाट जानुपर्छ भनेरै अध्यादेशमार्फत् संरचनामा फेरबदल गरेका हौँ,’ उनले भनिन्, ‘ती संरचना बन्दैछन्, अबको केही हप्तामा सुकुम्वासीहरूलाई लालपुर्जा वितरण गर्छौँ।’
उनले सुकुम्वासीहरूको समस्या समाधानमा सरकार लागिरहेको बताइन्।




प्रतिक्रिया दिनुहोस्