नवलपुर, ३ पुस विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत पूर्वी खण्डमा पर्ने नवलपुर क्षेत्रको सडकमा उडेको धूलो । धूलाम्य सडकका कारण यस खण्ड भएर यात्रा गर्ने व्यक्ति तथा स्थानीयले समस्या भोग्दै आएका छन् । निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेशन लिमिटेडले ४२ महिनामा सक्नुपर्ने सडक विस्तारको काम समयावधिभित्र १८ प्रतिशतमात्रै सम्पन्न गरेको थियो । निर्माणको क्रममा विभिन्न अवरोध हुँदा निर्माणमा ढिलाइ भएको कारण उल्लेख गर्दै सडक सम्पन्न गर्नुपर्ने समय सीमा गत साउन २३ गतेदेखि गणना हुनेगरी ३८५ दिन थपिएको छ ।