वैशाख २५ २०८३, शुक्रबार

समाचार

राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेश विजयी

       काठमाडौँ, १६ मङ्सिरकर्णाली प्रदेश, प्रदेश नं २ लाई पराजित गर्दै १९ वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले प्रदेश नं २ लाई दुई विकेटले पराजित गरेको हो ।        यसअघि लुम्बिनी [...]

मंसिर १६ गते, २०७८ १३:५१ मा प्रकाशित

राप्रपा महाधिवेशन : बन्दसत्रमा कार्यपत्रमाथि छलफल सुरु

काठमाडौँ, १६ मङ्सिरराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपतिशम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ । छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन् । यसलगत्तै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै [...]

मंसिर १६ गते, २०७८ ११:३० मा प्रकाशित

नारायणी नदी प्रदूषणबारे चासो

नवलपुर, १६ मङ्सिर देशकै मध्य भागबाट बग्ने पवित्र तीर्थस्थलको रुपमा मानिने नारायणी नदीको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।        नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरिएको ‘नारायणी जल संवाद’ कार्यक्रमका सहभागी वक्ताले नारायणी नदीमा बढिरहेको प्रदूषणका कारण मानव स्वास्थ्यमा असर परेको [...]

मंसिर १६ गते, २०७८ ११:२० मा प्रकाशित

कांग्रेसको प्रदेश अधिवेशन प्रारम्भ हुँदैः सभापति देउवाद्वारा भर्चुअल माध्यमबाट उद्घाटन

     काठमाडौँ, १६ मङ्सिर नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ ।         प्रदेश नं १ को अधिवेशन विराटनगरमा, प्रदेश [...]

मंसिर १६ गते, २०७८ ११:१३ मा प्रकाशित

ग्रामीण भेगका साँघुरा सडकः दुर्घटनाको बढ्दो जोखिम

              बेनी, १६ मङ्सिर म्याग्दीका पहाडी भूगोलमा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ ।        साँघुरा र कच्ची सडक, सवारी चालकको लापर्वाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् । मङ्सिर १३ [...]

मंसिर १६ गते, २०७८ १०:५५ मा प्रकाशित

आम्दानीको राम्रो स्रोत बन्दै गएपछि बट्टाईपालनमा बढ्दो आकर्षण

फुङ्लिङ, १६ मङ्सिर ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ का प्रेमसिं तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दामी गरिरहनुभएको छ । उहाँले सदरमुकाममा मेकानिक पसल बेचेर व्यावसायिक रुपमा बट्टाईपालनतिर लाग्नुभएको हो ।         उहाँले सातामा रु चार हजारको बट्टाईको अण्डा बिक्री गर्दै आउनुभएको छ । [...]

मंसिर १६ गते, २०७८ १०:५० मा प्रकाशित

हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर

    सिमकोट, १६ मङ्सिरहिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।        हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च [...]

मंसिर १६ गते, २०७८ १०:४३ मा प्रकाशित

अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

           नेपालगञ्ज, १६ मङ्सिर बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ ।        गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको शीतगृहको निर्माण डुडुवा–६ हिरिमिनियामा सुरु भएको [...]

मंसिर १६ गते, २०७८ १०:२८ मा प्रकाशित

पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै

         काठमाडौँ, १६ मङ्सिर    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ ।         मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क सङ्कलन सुरु गरेको हो । देशभित्रका पुस्तकालयको क्षमता विकास, [...]

मंसिर १६ गते, २०७८ १०:२२ मा प्रकाशित