वैशाख २४ २०८३, बिहीबार

समाचार

निर्वाचन कार्यालयका सेवा स्थगित

         कञ्चनपुर, ११ माघ:   कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहँुदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ प्रमाणित भएको [...]

माघ ११ गते, २०७८ १०:५५ मा प्रकाशित

किन सुन्दैन राज्यले उपल्लो डोल्पाको दुःख

        जाजरकोट, ११ माघ उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमताकै बीचमा पनि जीवन चलाउनुपर्ने बाध्यता छ ।        काठमाडौँबाट [...]

माघ ११ गते, २०७८ १०:५० मा प्रकाशित

पाँचपोखरी र मेलम्चीद्वारा सडक विभागको ध्यानाकर्षण

      सिन्धुपाल्चोक, ११ माघ  मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन् । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले [...]

माघ ११ गते, २०७८ १०:४२ मा प्रकाशित

आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

    रसुवा, ११ माघ  रसुवा भन्सार कार्यालय टिमुरेबाट रु चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो [...]

माघ ११ गते, २०७८ १०:४१ मा प्रकाशित

दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

  मुगु, ११ माघ छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् ।        कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी सडकको छ किलोमिटर [...]

माघ ११ गते, २०७८ १०:४० मा प्रकाशित

चोरी–तस्करी बढ्दा राजस्व सङ्कलनमा कमी

         भजनी, ११ माघखुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले [...]

माघ ११ गते, २०७८ १०:३० मा प्रकाशित

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः हुँदै

          काठमाडौँ, ११ माघ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट [...]

माघ ११ गते, २०७८ १०:२८ मा प्रकाशित

तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना

       सिमकोट, ११ माघहुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका–१ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । करिब तीन महिनाअघि स्थापना भएको प्रहरी पोष्टद्वारा नागरिकलाई सहज भएको छ ।        छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुँदा उक्त क्षेत्रमा प्रहरीको माग भएपछि अस्थायी प्रहरी [...]

माघ ११ गते, २०७८ १०:२० मा प्रकाशित

४० वर्ष पढाएर मौरीपालनतिर

      बागलुङ, ११ माघ केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उहाँको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ ।        चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्नुहुन्थ्यो । नपुग्दो [...]

माघ ११ गते, २०७८ १०:१९ मा प्रकाशित