वैशाख २४ २०८३, बिहीबार

समाचार

साढे तीन महिनादेखि महाकाली पुलको काम प्रभावित

    महेन्द्रनगर, १६ माघ  सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्येमा पर्ने कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम साढे तीन महिनायता प्रभावित छ ।         गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायतका संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको निर्माणले [...]

माघ १६ गते, २०७८ १५:१३ मा प्रकाशित

आयोजना प्रभावित हुँदा अन्धकार

     भजनी, १६ माघ अछामको रामारोशन गाउँपालिकामा १२ वटा साना लघु जलविद्युत् आयोजना चलेकामा विसं गतवर्ष भदौ २ गते आएको बाढीले सबै आयोजनालाई प्रभावित बनायो ।         बाढीका कारण पाँच वटा आयोजना पूर्णरुपमा प्रभावित भए भने चार वटा आयोजना आंशिकरुपमा प्रभावित बन्योे । [...]

माघ १६ गते, २०७८ १५:११ मा प्रकाशित

स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ– डा कोइराला

    विराटनगर, १६ माघ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ ।         विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिनुभयो [...]

माघ १६ गते, २०७८ १५:०३ मा प्रकाशित

सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव ः प्रधानमन्त्री

        काठमाडौँ, १६ माघप्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताउनुभएको छ ।         सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण [...]

माघ १६ गते, २०७८ १५:०१ मा प्रकाशित

खोप लगाउन दाङका विद्यालय सञ्चालन

         देउखुरी, १६ माघकोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यसाथ २१ गतेसम्मका लागि विद्यालय खुलेका हुन् [...]

माघ १६ गते, २०७८ १४:५८ मा प्रकाशित

तीन स्रष्टालाई विसं २०७८ को भैरव पुरस्कार

         काठमाडौँ, १६ माघ   नेपाली साहित्यका विराट प्रतिभा एवं हास्य व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारबाट यसवर्ष तीन जना स्रष्टालाई सम्मान गरिने भैरव पुरस्कार गुठीले जनाएको छ ।          जसअनुसार २०७८ सालको भैरव पुरस्कार व्यङ््यकार नरनाथ लुइँटेललाई प्रदान गरिने छ । [...]

माघ १६ गते, २०७८ १४:५१ मा प्रकाशित

सुनको मूल्य प्रतितोला ९२ हजार २००

       काठमाडौँ, १६ माघ सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ४०० ले ओरालो लागेको [...]

माघ १६ गते, २०७८ १४:४६ मा प्रकाशित

मनाइयो सहिद दिवस, लैनचौर पुगेर श्रद्धाञ्जली दिए प्रधानमन्त्री देउवाले

आज विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदैछ।  प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौर पुगेर सहिदहरूलाई श्रद्धाञ्जली दिएका छन्। सहिद दिवसका अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति आज श्रद्धाञ्जली अर्पण गरेका हुन्। [...]

माघ १६ गते, २०७८ ११:५१ मा प्रकाशित

अध्यक्ष प्रचण्डद्वारा सहिदप्रति श्रद्धाञ्जलि

काठमाडौँ, १६ माघ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।     उहाँले एक सन्देश जारी गर्नुहुँदै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त [...]

माघ १६ गते, २०७८ ११:३४ मा प्रकाशित