वैशाख २३ २०८३, बुधवार

समाचार

विशेष आर्थिक क्षेत्रले हासिल गर्न सकेन सफलता

     बुटवल, १९ माघ रुपन्देहीको भैरहवामा पाँच वर्षअघि स्थापना भएको विशेष आर्थिक क्षेत्र(सेज)ले अपेक्षित सफलता हासिल गर्न सकेको छैन ।        निर्यातलाई बढाएर व्यापार घाटा कम गर्ने उद्देश्यका साथ जिल्लाको रोहिणी गाउँपालिका–१ बगहामा अवस्थित सेजले सफलता प्राप्त गर्न नसकेपछि सरकारको उद्देश्य पूरा [...]

माघ १९ गते, २०७८ १८:२५ मा प्रकाशित

भेरीमा उपचाररत एक सङ्क्रमितको मृत्यु

      राँझा, १९ माघ  नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित बिरामीको आज बिहान मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका–२ निवासी ८५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले बताउनुभयो । उहाँका [...]

माघ १९ गते, २०७८ १८:२४ मा प्रकाशित

नेपालगञ्जमा रु २९ करोड लगानीमा होल्डिङ सेन्टर

      राँझा, १९ माघ सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ ।         कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र यसबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिलाई ध्यानमा राखेर सरकारले सीमा नाकामा निर्माण गर्न [...]

माघ १९ गते, २०७८ १८:२३ मा प्रकाशित

भत्काइए सडक क्षेत्रका ३६ घरटहरा

        कर्णाली, १९ माघसुर्खेतको पर्यटकीय महत्वको मङ्गलगढी–कांक्रेविहार सडकको स्तरोन्नति सुरु गरिएको छ । स्थानीयको अवरोध, बन्दाबन्दीलगायत कारणले गत वर्षदेखि रोकिएको स्तरोन्नति कार्य थालिएसँगै सडक क्षेत्रभित्रका ३६ घरटहराहरू भत्काइएका छन् ।        वीरेन्द्रनगर–९ का वडाध्यक्षसुरेश मानन्धरले सडक क्षेत्रभित्रको मापदण्डमा पर्ने आंशिक र पूर्ण [...]

माघ १९ गते, २०७८ १८:१३ मा प्रकाशित

सवारी दुर्घटना हुँदा एकको मृत्यु

    मकवानपुर, १९ माघपूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्वर ७ बस्ने ३७ वर्षीय शिवप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी [...]

माघ १९ गते, २०७८ १८:१३ मा प्रकाशित

सङ्क्रमणमुक्त हुने दोब्बर

    काठमाडौँ, १९ माघदेशभर कोरोना भाइरस सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.सङ्गीता कौशल मिश्राले [...]

माघ १९ गते, २०७८ १८:०८ मा प्रकाशित

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १९ माघसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९२ हजार २०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार [...]

माघ १९ गते, २०७८ १२:०४ मा प्रकाशित

सन्धिखर्कमा चिस्यान केन्द्र निर्माण गरिँदै

       अर्घाखाँची, १९ माघ :   अर्घाखाँचीको सन्धिखर्कमा अत्याधुनिक स्तरको चिस्यान केन्द्र निर्माण गरिने भएको छ । कृषकले उत्पादन गरेको फलफुल तथा तरकारी सुरक्षित भण्डारण गर्न सन्धिखर्क नगरपालिकाले वडा नं १ को हटारीमा चिस्यान केन्द्र निर्माण गर्न लागेको हो ।         चिस्यान केन्द्र रु [...]

माघ १९ गते, २०७८ ११:२२ मा प्रकाशित

गाउँ–सहर सडक सञ्जालले जोडिँदै

 फुङ्लिङ, १९ माघ मिक्वाखोला गाउँपालिकाकी भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गर्नुभयो । आधा उमेर गइसकेपछि मात्र उहाँले गाडी देख्न पाउनुभयो । जमानामा उहाँ ताप्लेजुङदेखि सुनसरीको धरानसम्म पैदल हिँडेरै पुग्नुभएको थियो । अहिले घरको आँगनबाटै दैनिक १०–१२ गाडी ओहोरदोहोर गरेको [...]

माघ १९ गते, २०७८ ११:२२ मा प्रकाशित