वैशाख २३ २०८३, बुधवार

समाचार

आजदेखि सुकुम्बासीको जग्गा नापिने

          चितवन, २० माघ जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो ।         आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार [...]

माघ २० गते, २०७८ ११:२३ मा प्रकाशित

सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई समृद्ध तुल्याउन भगिरथ प्रयास

    काठमाडौँ, २० माघ संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश जानबाट रोक्न सुरक्षित मुद्रणसँग सम्बन्धित कानुन छिटो समृद्ध बनाउन भगिरथ प्रयास गरिरहेको छ ।         राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पछिल्ला दिनमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको [...]

माघ २० गते, २०७८ ११:२३ मा प्रकाशित

गोर्खा फन्डले मेचीनगरका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने

        झापा, २० माघ (रासस) :   बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने घोषणा गर्नुभएको छ ।         मेचीनगरको वडा नं १० काँकडभिट्टा निवासी उहाँ ब्रिटीश गोर्खा सेनाबाट निवृत्त भई हाल बेलायतमा बसोबास गर्नुहुन्छ [...]

माघ २० गते, २०७८ ११:२३ मा प्रकाशित

पुल बनेपछि स्थानीयमा खुशियाली

       राँझा, २० माघ बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सिन्दुरेस्थित जेठी नालामा स्टील ट्रस पुल निर्माण भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।         काठको पूलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका तल्लो लुन्द्रीवासीले अब जेठी नालामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको स्थानीयवासी [...]

माघ २० गते, २०७८ ११:१७ मा प्रकाशित

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

       गलकोट, २० माघ  नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको छ । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा [...]

माघ २० गते, २०७८ ११:११ मा प्रकाशित

विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले सम्मान गर्ने

    काठमाडौँ, २० माघ सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन [...]

माघ २० गते, २०७८ ११:१० मा प्रकाशित

नेटवर्किङ व्यवसायमा संलग्न पक्राउ

       तुलसीपुर, २० माघदाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो ।         ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले [...]

माघ २० गते, २०७८ ११:१० मा प्रकाशित

मोरिसियसका राष्ट्रिय खेलाडी सम्मानित

    काठमाडौँ, २० माघनेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ ।         काठमाडौँमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्मानित [...]

माघ २० गते, २०७८ ११:१० मा प्रकाशित

स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थापनबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल

केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको छ। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने [...]

माघ १९ गते, २०७८ १८:३६ मा प्रकाशित