काठमाडौँ, ३० असारनवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिनुभएको छ । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको[...]
बैतडी, ३० असार सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुशीयालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन गरेका हुन् [...]
असार ३० गते, २०७८ १०:२६ मा प्रकाशित
३० असार, काठमाडौं चार महिना लामो प्रयत्नपछि अन्ततः नेकपा एमालेको एकता जोगिएको छ । लगातार एघार घण्टाको वार्ता पछि आइतबार राति जुटेको १० बुँदे सहमतिपत्र अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाइएको छ । सोमबार अध्यक्ष ओली र [...]
असार ३० गते, २०७८ ०७:५६ मा प्रकाशित
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्। शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। यस्तै चारजना मन्त्री पनि नियुक्त भएका छन् । नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण [...]
असार २९ गते, २०७८ २१:११ मा प्रकाशित
२९ असार, काठमाडौं राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रवेश गरे पनि शेरबहादुर देउवा सपथ ग्रहण स्थलमा पुगेका छैनन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै उनले सच्याउन भनेका छन् । र, नसच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान राखेका छन् ।देउवाको अडानपछि [...]
असार २९ गते, २०७८ १९:२२ मा प्रकाशित
२९ असार, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् । उनले राष्ट्रपतिले संविधानको धारा [...]
असार २९ गते, २०७८ १९:०६ मा प्रकाशित
२९ असार, काठमाडौं सर्वोच्च अदालतले तोकेको २८ घण्टाको समय एक घण्टा मात्र बाँकी रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरेकी छन् । सर्वोच्चले सोमबार दिउँसो संसद पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन पाएका देउवालाई २९ गते साँझ ५ बजेसम्म [...]
असार २९ गते, २०७८ १७:१९ मा प्रकाशित
काठमाडौं, असार २९ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनका क्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूप्रति कटाक्ष गरेका छन्।आज सिंहदरबारबाट बिदाइ हुनुअगाडि देशबासीका नाममा सम्बोधन गरेका ओलीले नेता नेपाल पक्षका सांसदले अराजक तथा पार्टी अनुसाशनहीन काम [...]
असार २९ गते, २०७८ १७:१२ मा प्रकाशित
२९ असार, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका छन् । सिंहदरबार छाड्नुअघि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका हुन् । यसका लागि उनले सबै नेपालीहरु, [...]
असार २९ गते, २०७८ १७:०२ मा प्रकाशित
२९ असार, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका [...]
असार २९ गते, २०७८ १६:४६ मा प्रकाशित